पश्चिम नेपाल भूकम्पको रेड जोन : भूगर्भविद् मुल | Khabarhub Khabarhub

पश्चिम नेपाल भूकम्पको रेड जोन : भूगर्भविद् मुल


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भूगर्भविद् प्रदीपकुमार मुलले पश्चिम नेपाल भूकम्पीय हिसावमा रेड जोन (जोखिम क्षेत्र) रहेको बताएका छन् ।

धेरै सयमदेखि त्यहाँं भूकम्प नगएको भन्दै भूकम्पविद् मुलले जुनसुकै बेला पनि ठूलो भूकम्प जानसक्ने सम्भावना रहेको बताए । ुतर कहिले जान्छ, त्यो यसै भन्न सकिन्न,ु भौर्गर्भिक सूचना प्रणाली विषयमा बुधबार नेपाल इन्जिनियरिंग कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका प्राध्यापकहरुसमक्ष प्रस्तुतीकरण दिंदै उनले भने, नेपाल आफैंमा भूकम्पको दृष्टिकोणले जोखिमको मुलुक हो, त्यसमा पनि पश्चिम नेपाल अझ जोखिममा रहेको रेड जोन हो ।

भूकम्प कहिले आउँंछ भन्ने कुरा अहिलेसम्म संसारमा कसैले पनि पता लगाउन नसकेको स्पष्ट पार्दै उनले कसैले यो बेला भूकम्प आउँंछ भनेर भने पनि त्यो धोंगी ज्योतिष जस्तै धोंगी भूवर्भविद् भनेर बुझन आग्रह गरे । जस्तोसुकै भौगर्भविद्ले त्यस्तो भने त्यो धोंगी नै हुन्छ, उनले भने, तर पनि पश्चिम नेपालमा भूकम्पको रेड जोन हो, जुनसुकै बेला ठूलो भूकम्प त्यहाँं जान सक्छ ।

कार्यक्रममा कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारी, एकेडेमिक कोअर्डिनेटर बाबुराम भट्टराई, कलेजको भूगर्भ विभागकी रोजीना माली, एसोसिएट प्रोफेसर कृष्ण शाहलगायतले भूकम्प पहिला नै आउने थाहा नहुने भएकाले पूर्व सचेतना आवश्यक भएको बताए ।

कार्यक्रममा कलेजका भूगर्भ विभागका प्रोफेसर तथा एसोसिएट प्रोफेसरहरु सहभागी थिए । कार्यक्रमपछि भूवर्भविद् मुललाई कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले मायाको चिनो प्रदान गरेका थिए ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ८ : ५३ बजे

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बामपन्थी

‘पाकिस्तानमा जरदारीको राजीनामा र फिल्डमार्सल राष्ट्रपति बन्ने हल्ला निराधार’

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले राष्ट्रपति आसिफ अली जरदारीको राजीनामा

युवा पुस्तालाई उपप्रधानमन्त्री सिंहको आग्रह- लहैलहैमा नलागाैँ

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवा पुस्तालाई

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

एजेन्सी– युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य जारी गर्दै,

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा