युद्धको वेवास्ता गर्दै युक्रेनी कामदार खानीमा व्यस्त « Khabarhub

युद्धको वेवास्ता गर्दै युक्रेनी कामदार खानीमा व्यस्त


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युक्रेनको निप्रोपेट्रोभ्स्क क्षेत्रको पाभ्लोग्राद शहर नजिकै ठूलो खानी छ । खानीको बाहिरी सतहमा रूसले युक्रेनविरूद्ध हानेका गोलाबारीको आवाजले मानिसहरू आक्रान्त छन् ।

युक्रेनको अग्रपङ्तीमा लड्ने सेनाभन्दा धेरै टाढा छैन गहिरो भूमिगत खानी । खानीमा श्रमिकहरूले जमिनभित्रका चर चर खोतलेर कोइला उत्खनन गर्ने कामदारहरू युद्धको वेवास्ता गर्दै खानीमा व्यस्त हुन बाध्य छन् । उनीहरूलाई खानीको सुरक्षाभन्दा खानीबाहिरको युद्धमा आफ्ना सहपाठीहरूको सुरक्षाको चिन्ताले सताउने गर्छ तर उनीहरू खानीमा काम गर्न बिवस छन् ।

मस्कोको सेनाले कीभ आक्रमणमा अपेक्षित सफलता पाउन नसकेपछि यो द्वन्द्व कृषि प्रधान दक्षिण र औद्योगिक, कोइलाले सम्पन्न डोनबास पूर्वमा सरेको छ ।

युक्रेन सोभियत संघको हिस्सा रहेकै समय ४३ वर्षअघि स्थापना भएको पाभ्लोग्राद शहरको बाहिरी भागमा रहेको एउटा खानीमा चार हजार कामदारहरूले पालो अनुसार आफ्नो समयमा काम गर्छन् ।

रुस समर्थक पृथकतावादीको गढ मानिएको डोनेट्स्कबाट १७० किलोमिटरको दूरीमा रहेको खानीमा काम गर्ने ओलेक्सान्डर ओक्सेनका अनुसार अग्रपङ्तीमा देशका लागि लडिरहेका सहकर्मीको सुरक्षाबारेमा पलपलमा विचारहरू आउँछन् । के गर्दै छन् उनीहरू ? कतै आक्रमणको निशानामा त परेनन् । परिवारका सदस्यहरू सकुशल छन् कि छैनन् ? कि शत्रुको आक्रमणबाट उनीहरूको इहलीला समाप्त त भएन ?

‘हामी आत्मामा उनीहरूसँग छौं, तर आखिर, कोइला पनि कसैले उत्खनन गर्न आवश्यक छ,’ ४२–वर्षीय खानी मालिकले भने।

करिब ८०० जना कर्मचारी (श्रमिक) लाई १५० किलोमिटर पूर्वमा फैलिएको युद्धमा सैनिकको रूपमा सेवा गर्न बोलाइएको छ । खानीका अधिकारीहरू भने उत्पादन भने उस्तै रहेको बताउँछन् ।

जमिन सतहबाट, सुविधा भएका स्थानमा अक्सिजनको तह विश्वविद्यालय परिसरको जस्तो छ । विलो फ्रोन्ड ९स्थानीय रूखका पात० हरू हावामा उड्छन् र कम्मरजति अग्लो विशाल चेसको सेटको छेउमा रहेको पानीको साना पोखरीमा तैरिन्छन् । तर खानीमा काम गर्ने कामदारका लागि ती वेकारजस्तो लाग्छ । किनकि उनीहरूलाई यसको आनन्द लिने फुर्सदै छैन । शत्रुहरूसँग लडिरहेका राष्ट्रवादी योद्धालाई पनि यसको के नै वास्ता छ र ।

खानीमा ३७० मिटर (१,२०० फिट) अस्थाई भ¥याङबाट तल ओर्लने क्रममा उनीहरूको फोक्सोले श्वासप्रश्वासमा कठिनाई भएको थाहा पाउँछ । खानीबाट कोइला निकाल्न चट्यान फोड्न गैँची, बेल्चा र घनका आवाज सुन्दा जोकोहीले पनि काममा व्यस्त कामदारले सहजरूपमा कोइलाको थुप्रो लगाउन सकेका छन् भन्ने लाग्दैन । तर, उनीहरू खानीमा रमाउँदै आफ्नो मातृभूमिप्रतिको जिम्मेवारी बहन गर्छन् र पारिवारिक कर्तव्य पूरा गर्छन् ।

चट्यान र धातुको आवाजले खानीमा कोलाहल छ । कोइला खानीको मुखमा नै पुग्दा काम गर्न कति कठिनाइहरू छन् सहजै कल्पना गर्न सकिन्छ ।

खानीमा छिर्दै जाँदा घामको न्यानो हराउँदै जान्छ र कालो धूलोले भरिएको हावा चलिरहेजस्तो देखिन्छ । भनिन्छ, खानीमा एउटा भूत छ जसले कामदारलाई सहयोग गर्छ, तर यहाँ पनि उनीहरूलाई युद्धको चिन्ताले सताइरहेको छ ।

खानीमा छिर्दाबित्तिकै फोनहरू समूहका ठेकदारलाई बुझाउनुपर्छ । खानी कर्मचारी तथा श्रमिकहरूले सतहमा भएका नवीनतम घटनाबारे बेलाबेला जानकारी गराउँछन् । उनीहरूले साथीहरू र परिवारको सुरक्षाको बारेमा मात्र थाहा दिइन्छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  १० : ४६ बजे

‘बर्न’ उपचार केन्द्र विस्तार गर्न  प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र

भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको मृत्यु

नयाँदिल्ली– भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा

एमालेले भन्यो : सञ्चारगृहमा गाडी राखेर अवरोध लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको प्रहार

काठमाडौं – नेकपा (एमाले) कान्तिपुर र अनलाइनखबरसहितका सञ्चारमाध्यमअगाडि गाडी तेर्स्याएर

गृहमन्त्रीले भेट्न नमानेपछि सिंहदरबार गेटमै धर्ना बसे बिनु र निहारिका (तस्बिरहरू)

काठमाडौं- न्याय माग्न खोज्दा गृहमन्त्री भेट्न नमानेको भन्दै निहारिका राजपुत

ट्रम्प र नेतान्याहुको पनि ‘आकस्मिक मृत्यु’ हुनसक्ने इरानको चेतावनी

तेहरान- अमेरिकी सिनेटर लिन्जी ग्राहमको आकस्मिक निधनपछि इरानका केही सरकारनिकट