समय नपुगी जन्मिने बच्चामा आँखाको समस्या « Khabarhub

समय नपुगी जन्मिने बच्चामा आँखाको समस्या



काठमाडौं – सामान्य बच्चाको तुलनामा समय नपुगी जन्मिएका बच्चामा विभिन्न किसिमका स्वास्थ्य समस्या धेरै देखिने गर्दछन्। अन्य शारीरिक समस्यासँगै समय नपुगी जन्मिएका र कम तौल भएका बिरामीमा आँखाको समस्या पनि धेरै हुने गरेको भेटिएको छ। यसैको उदाहरण बन्न पुगिन झापाकी सब्नम मौनाली।

उनी जन्मिदा कम तौल र समय नपुगेर जन्मेकी थिइन। जन्मिदा दुई हप्ता अस्पताल राखेपछि उनले डिस्चार्ज पाएकी थिइन्। उनले अहिले आँखाको समस्या झेल्नु परेको छ। आँखा हेर्न गाह्रो हुने तथा टाढाको बस्तु नदेख्ने भएर उनी तिलगंगा आँखा अस्पताल पुगिन। अस्पताल आएपछि एक दिनको रिपोर्टले थाहा भयो उनलाई आरओपी भएको रहेछ।

तिलगंगा आँखा प्रतिष्ठानका भेट्रो रेटिना विशेषज्ञ डा. सन्यम बाजीमायाका अनुसार आरओपीको समस्या उमेर नपुगी जन्मिएका, कम तौल भएका र सुत्केरी हुने समयमा राम्रो ख्याल नपाएका बच्चामा आउने गर्दछ। आरओपी रोग विश्वभरका बच्चामा हुने अन्धोपनको मुख्य कारण हो। यो रोगले आँखाको पछिल्लो भागमा हुने पर्दामा असर पर्दछ। जसले गर्दा त्यसले आँखामा अन्धोपन निम्त्याउन पनि सक्छ।

बच्चामा आरओपी हुने कारण
कुनै पनि बच्चाको जन्म सामान्यतया गर्भ बसेको ९ महिनामा हुने गर्दछ। नौं महिनामा आमाको पेट भित्र नै बच्चाको शरीरका सबै मांसपेशी पूर्ण रुपमा विकास भएका हुन्छन्। यदि कुनैपनि बच्चा समय नपुगी जन्मिएको छ भने उसको आँखाको पर्दाको विकास पूर्ण रुपमा भइसकेको हुँदैन। यसरी बच्चा उमेर नपुगी जन्मिँदा रक्तनलीहरु असामान्य रुपमा बढ्न जान्छ र आँखामा घाउ हुने सम्भावना हुन्छ।

यसरी रेटिनामा भएको घाउ समयमा नै उपचार गरेको खण्डमा निको हुन्छ। तर, समयमा ख्याल नगरे यो गम्भीर समस्या बन्न सक्छ। आरओपीको मुख्य कारण भनेको नै समय नपुगी बच्चा जन्मिनु हो। ३६ हप्ताभन्दा अघि जन्मिएका बच्चालाई समय अगावै जन्मिएकाको सूचीमा राख्ने गरिएको छ। उनीहरुमा धेरै आरओपीको समस्या देखिन्छ।
जन्मिने बेलामा सामान्यभन्दा निकै कम तौल हुनु समस्या हो। । सामान्यतया बच्चा जन्मिँदा दुई केजीको तौल हुने गर्दछ। तर, १७०० ग्रामभन्दा कम तौलको बच्चा जन्मियो भने पनि उनीहरुमा यस्तो समस्या हुनसक्छ।

यो बाहेक जन्मिने बित्तिकै धेरै सिकिस्त भएर लामो समय आईसीयूमा राखेका र धेरै समय अक्सिजन दिएका नवजात शिशुमा पनि यसको जोखिम हुने डाक्टर बजिमयाले बताइन।

आँखाको जाँच गर्नुपर्ने समय
समयमा नै जाँच गर्ने हो भने आँखालाई पहिलेको अवस्थामा ल्याउन सकिन्छ। त्यसको लागि ढिलामा तीन हप्तापछि पहिलो पटक चिकित्सकलाई जचाउन जानुपर्छ। त्यो बिरामीको अवस्था हेरेर हुन्छ। सम्भव भएसम्म दोस्रो हप्तामा नै उपचारको लागि जाँदा राम्रो मानिन्छ।

पहिलो जाँचको अतिरिक्त कम्तिमा ५ पटकसम्म यसको नियमित जाँच गराउनुपर्ने हुन्छ। यसरी समय समयमा जाँच नगराउने हो भने यसबाट ठूलो क्षति हुनसक्छ। यदि यो जाँच गर्ने समयमा बच्चाको स्वास्थ्यमा केही समस्या आयो भने चिकित्सकले अवस्था हेरेर यसको आँखाको जाँच गर्न सुझाव दिन्छन्।

आरओपीको जाँच विशेष किसिमको लेन्सले हेरेर वा विशेष किसिमको क्यामेराको प्रयोग गरेर गरिन्छ। आँखाको पर्दाको फोटो खिचेर पनि गर्न सकिन्छ। रेटिनाको जाँचको निम्ति आँखाको नलीलाई फुलाउनु पर्ने हुन्छ। यो फोटोलाई आँखा चिकित्सकले हेरेर आरओपी भए नभएको पत्ता लगाउँछन्। यो जाँच गर्न बढीमा १० मिनेट लाग्छ।

जाँचको क्रममा केही असहज नहोस् भन्नको लागि आँखामा औषधि लगाउने गरिन्छ। जसले गर्दा बच्चामा दुखाई पनि कम हुने गर्दछ। आँखाका रक्तनली पूर्ण रुपमा विकास नहुन्जेलसम्म यो जाँच नियमित रुपमा गराइराख्नुपर्छ। निकै संवेदनशील अवस्थाबाहेक अरु अवस्थामा यसको शल्यकृया गरिँदैन। यसरी उमेर नपुगी जन्मिने बच्चामा आरओपी बाहेक अरु पनि आँखा सम्बन्धी समस्या हुनसक्छन्। समस्यालाई लुकाएर बस्ने भन्दा समयमै चिकित्सककहाँ गएर देखाउने गर्नुपर्छ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ६ : ५६ बजे

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

विद्युत् पोलका कारण निर्माणको काम नरोकिने समझदारी बन्यो : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विकास निर्माण कार्यमा

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

फिशिङ लिंकयुक्त एसएमएसप्रति सतर्क रहन दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट आउने

चितवनबाट अपहरणमा परेका बालक काठमाडौंमा, पाँच भारतीय पक्राउ

काठमाडौं । चितवनबाट अपहरणमा परेका बालकको सकुशल उद्दार गरिएको छ