प्रतिनिधि सभाको अन्तिम बैठक बस्दै, यस्तो छ कार्यसूची « Khabarhub

प्रतिनिधि सभाको अन्तिम बैठक बस्दै, यस्तो छ कार्यसूची


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालको संविधान २०७२ जारी भएपछि २०७४ मा निर्वाचित प्रतिनिधि सभाका सांसदहरुको कार्यकाल आज राति १२ बजे सकिँदै छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको कार्यकालको जारी अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरिसकेको छ।

सोही अनुसार आजको अन्तिम बैठकमा राष्ट्रपति भण्डारीबाट प्राप्त पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ।

दिउँसो एक बजे सुरु हुने बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने तयारी छ।

हेर्नुहोस् कार्यसूची

प्रतिनिधिसभा निष्क्रिय भएसँगै यहाँ उत्पत्ति भएका विधेयक पनि निष्क्रिय भएका छन्। सदन सकिए लगत्तै सांसदहरू चुनावमा केन्द्रित हुनेछन्।

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका असोज २ र ३ मा तोकेकाले असोज १ (आज)सम्म कार्यकाल भएको हो।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ८ : ३१ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

स्पेनिश ला लिगा : रोबर्ट, लामिन र मार्कको गोलमा बार्सिलोना विजयी

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना

विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल : कस्तो होला बलिङ र ब्याटिङ ?

काठमाडौं – आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज

‘अर्को हप्ता अमेरिकामा वार्ता, जुनसम्ममा रुस-युक्रेन युद्ध अन्त्य गर्न दबाब’

किएभ- युक्रेन र रुसबीच करिब चार वर्षदेखि लामो युद्ध जुन

निर्वाचन २५ दिन बाँकी : कसलाई भोट गर्ने भनेर गोपनीयता भंग नगर्न आग्रह

काठमाडौं – सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले