प्रतिनिधि सभाको अन्तिम बैठक बस्दै, यस्तो छ कार्यसूची « Khabarhub

प्रतिनिधि सभाको अन्तिम बैठक बस्दै, यस्तो छ कार्यसूची


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालको संविधान २०७२ जारी भएपछि २०७४ मा निर्वाचित प्रतिनिधि सभाका सांसदहरुको कार्यकाल आज राति १२ बजे सकिँदै छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको कार्यकालको जारी अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरिसकेको छ।

सोही अनुसार आजको अन्तिम बैठकमा राष्ट्रपति भण्डारीबाट प्राप्त पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ।

दिउँसो एक बजे सुरु हुने बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने तयारी छ।

हेर्नुहोस् कार्यसूची

प्रतिनिधिसभा निष्क्रिय भएसँगै यहाँ उत्पत्ति भएका विधेयक पनि निष्क्रिय भएका छन्। सदन सकिए लगत्तै सांसदहरू चुनावमा केन्द्रित हुनेछन्।

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका असोज २ र ३ मा तोकेकाले असोज १ (आज)सम्म कार्यकाल भएको हो।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ८ : ३१ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक