स्पेनिश ला लिगा : रोबर्ट, लामिन र मार्कको गोलमा बार्सिलोना विजयी « Khabarhub

स्पेनिश ला लिगा : रोबर्ट, लामिन र मार्कको गोलमा बार्सिलोना विजयी


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी भएको छ। शीर्ष स्थानको बार्सिलोनाले रेलिगेसनको दबाबमा रहेको मायोर्कामाथि ३-० को जित निकालेको हो।

यो जितमा बार्सिलोनाका लागि रोबर्ड लेवान्डोस्की, लामिन यमाल र मार्क बर्नालले गोल गरेका हुन्।

बार्सिलोनाका लागि पहिलो हाफमा सुरुवाती अग्रता लेवान्डोस्कीले दिलाएका थिए। दोस्रो हाफमा लामिन र मार्कले थप दुई गोल गरेका हुन्।

लामिनले खेलको ६० औं मिनेटमा गोल गर्दा खेलको अन्त्यमा मार्कले अर्को गोल थप गर्दै बार्सिलोनाको जित निश्चित गरेका हुन्।

युवा खेलाडी मार्कले क्लबमा लागि यो पहिलो गोल गरेका हुन्। यो जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले अंक बढाएको छ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ७ : २३ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको