‘कालजयी नेपाली कविता’ प्रकाशित « Khabarhub

‘कालजयी नेपाली कविता’ प्रकाशित


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कवि एवं कूटनीतिज्ञ कृसु क्षेत्रीले ‘कालजयी नेपाली कविता’ नामक ऐतिहासिक कृतिको सम्पादन गरेका छन्। सुवानन्द दासको पहिलो नेपाली कविता ‘पृथ्वीनारायण’ (विसं १८३१) देखि समकालीन कविता फाँटका प्रतिनिधि कविहरूको कवितालाई सम्पादन गरी कृतिमा समावेश गरिएको छ।

वीपी कोइराला नेपाल भारत फाउन्डेशनद्वारा प्रकाशित उक्त कृतिमा यस अवधिका एकसय एक कविहरूका एक/एकवटा कालजयी कविता सङ्गृहीत छन्। सम्पादक क्षेत्रीका अनुसार निकट भविष्यमै कृतिलाई हिन्दी र अङ्ग्रेजी भाषामा अनुवाद गरेर प्रकाशन गरिनेछ।

नेपाली कविता परम्परामा प्रत्येक कालखण्डका केही कविता भाषा, शैली, शिल्प र समयसापेक्ष जस्ता विशिष्ट गुण भएका पाइएको सम्पादक क्षेत्रीले बताए। उनका अनुसार समयसीमामा नबाँधिई अमरत्व प्राप्त गरेका कालजयी कविताहरू एकै ठाउँमा सङ्कलन हुन सकेको थिएन।

विशेषगरी नेपाली कविताको विभिन्न मोड, आयाम र प्रवृत्तिलाई समाविष्ट गर्न नसकिएको अवस्थामा यो सङ्कलन नेपाली साहित्यका गम्भीर पाठक, अध्येता र शोधकर्ताका लागि निकै उपयोगी, पठनीय र सङ्ग्रहणीय हुने विश्वास फाउन्डेशनले लिएको छ।

प्रथम कवि सुवानन्द दास, यदुनाथ पोखर्याल, भानुभक्त आचार्य, ज्ञान दिलदास, मोतीराम भट्ट, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, माधवप्रसाद घिमिरे, मोहन कोइराला, भूपि शेरचन, हरिभक्त कटुवाल, पारिजात, ईश्वर वल्लभ, वैरागी काइँला, तुलसी दिवस, वानिरा गिरि, कुन्ता शर्मा, कृष्णभुषण बल, विष्णुविभु घिमिरे, सरूभक्त, कृष्ण सेन इच्छुक, दिनेश अधिकारी, दुबसु क्षेत्री, श्रवण मुकारुङ आदिका बहुचर्चित कविताहरू सङ्कलित प्रस्तुत सङ्ग्रह नेपाली कविताको इतिहासमा कोसेढुङ्गा सावित हुने विश्वास प्रकाशकले लिएको छ।

‘यो सङ्कलन जातीय, भाषिक, लैङ्गिक र वर्गीय दृष्टिकोणले कुनै आग्रह वा पूर्वाग्रहबाट ग्रसित छैन’, सम्पादक क्षेत्रीले भने, ‘लेखनकै चिरन्तन र अमरतामा आधारित भएर कविता सङ्कलन गरिएको यो कृति समग्र नेपाली कविताको प्रतिनिधि र कालजयी सङ्कलन बनेको विश्वास लिएको छु।’

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ९ : ३० बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको