लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न हुँदैन : ओली « Khabarhub

लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न हुँदैन : ओली


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता, लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न नहुने बताएका छन् । 

संविधान दिवसका अवसरमा एमालेले आज यहाँ आयोजना गरेको पदयात्रामा उनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देश, जनता, लोकतन्त्र, संविधान, भ्रष्टाचार विरोधी अभियान, सुशासनको प्रयास  र विकासको अभियानलाई हार्न नदिने बताए ।

उनले संविधान जारी गरेपछि सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा असाधारण प्रगति हासिल गरेको बताए । उनले संविधान दिवसलाई जनताको दिवस मनाउनुपर्ने भन्दै लोकतन्त्र, राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा एमालेले देशलाई अगाडि बढाउने बताए ।

संघर्ष र बलिदानबाट लामो यात्रा पार गरेर संविधान कार्यान्वयन भइरहेको उल्लेख गर्दै नेपालमा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास गरिएको आरोप लगाए  । ‘नेपालमा साम्प्रदायिक विद्वेष भड्काउने प्रयास भए ।  नेपाललाई द्वन्द्वमा फसाउने कुचेष्टा, लोकतान्त्रिक बाटोमा जान नदिने चेष्टालाई हामीले पराजित गरेर देशलाई लोकतन्त्रको बाटोमा अगाडि बढाएका छौँ’, उनले भने । 

अध्यक्ष ओलीले नेपाल अरु कसैले चलाउने होइन नेपाली जनताले चलाउने हो भने। ‘नेपाल, हामी नेपालीको हो भन्ने भावनाका साथ हामी अगाडि बढेका छौँ’, उनले भने।

सो पदयात्रा बानेश्वर, मैतिदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट निस्केको थियो । पदयात्रामा एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत शीर्षनेताको सहभागी रहेको थियो । 

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १२ : ५८ बजे

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली– मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले

डोल्पामा बाढी : १० घरमा क्षति, नेपाली सेनाद्वारा उद्धार जारी

काठमाडौं– डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँस्थित धुलाखोला क्षेत्रमा आएको बाढीले ८

बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन

काठमाडौं– कृषि विभागले विभिन्न १८ जिल्लाका ५८ स्थानीय तहमा गुणस्तरीय

मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको उछाल

माले– मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको राजस्वमा उल्लेख्य वृद्धि भएको

अमेरिका स्थापनाको २५० वर्ष : देशैभर उत्सव, ट्रम्पले गरे साम्यवादको कडा आलोचना

वासिङ्टन – संयुक्त राज्य अमेरिकाले आफ्नो स्थापनाको २५० औँ वर्षगाँठ