‘धर्म संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व’ « Khabarhub

‘धर्म संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व’


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डेयनमन्त्री जीनवराम श्रेष्ठले जात्रा पर्व, धर्म संस्कृति राज्यको सम्पत्ति रहेको भन्दै त्यसको संरक्षण गर्नु सबैको साझा दायित्व रहने बताएका छन् ।

आज यहाँ नरदेवी श्वेतकाली मन्दिरको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले कला संस्कृतिको संरक्षण नगरेसम्म मुलुकमा आर्थिक रूपान्तरण हुन नसक्ने बताए । देश विकासको मुख्य आधार नै पर्यटन रहेकाले पर्यटनसँग जोडिएको सम्पदाको संरक्षण गर्नु आजको आवश्यकता रहेको उनको भनाइ थियो ।    

कार्यक्रममा काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले २०७२ सालको भूकम्पका कारण क्षति भएका सबै ऐतिहासिक सम्पदाको पुनर्निमाणको काम सक्दो छिटो गर्नुपर्ने बताए । पुनर्निर्माणका क्रममा कमजोरी भए आगामी दिनमा त्यसलाई सच्याउन आफू तयार रहेको उनको भनाइ थियो । उपप्रमुख सुनिता डङ्गोलले सम्पदा संरक्षणका लागि महानगरका तर्फबाट कुनै कसर बाँकी नराख्ने बताए । 

सो अवसरमा पुरातत्व विभागका प्रमुख दामोदर गौतमले आगामी आर्थिक वर्षसम्म भूकम्पका कारण क्षति भएका ऐतिहासिक संरचनाको पुननिर्माणको काम सम्पन्न हुने जानकारी दिए । कार्यक्रममा कामपा–१८ का अध्यक्ष न्युछेकाजी महर्जनले सम्पदा रहे मात्र पुरातत्व विभाग रहने भएकाले सांस्कृतिक सम्पदा पुननिर्माणको सम्पूर्ण जिम्मा विभागले लिनुपर्ने बताए । भूकम्पबाट क्षति पुगेका सम्पदा पुनःनिर्माणका लागि कामपा–१८ र पुरातत्व विभागले करिब रु दुई करोड खर्च गरेको बताइएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  २ : ०४ बजे

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको