काठमाडौँ २ बाट अशोक खड्काको स्वतन्त्र उम्मेद्वारी घोषणा « Khabarhub

काठमाडौँ २ बाट अशोक खड्काको स्वतन्त्र उम्मेद्वारी घोषणा


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अन्तर्राष्ट्रिय उत्कृष्ट तेक्वान्दो रेफ्री अशोक खड्काले प्रदेशसभा चुनावका लागि स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् । स्वर्णपदक विजेता खेलाडीसमेत रहेका अन्तर्राष्ट्रिय रेफ्री खड्काले शनिबार काठमाडौँको थलीमा कार्यक्रम गरेर काठमाडौँ क्षेत्र नं.(ख) बाट स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका हुन् ।

‘छल्नेलाई भन्दा बदल्नेलाई  खोजौँ, देश निर्माणका लागि युवालाई नै रोजौं’ भन्ने नाराका साथ खड्काले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा कार्यक्रममा उनले वर्षौ पुरानो खराब प्रवृत्तिबाट गुज्रिएका पार्टी र नेताहरूभन्दा युवा पुस्तालाई अब देश विकासको नेतृत्व सुम्पनुपर्ने आह्वान गरेका छन् ।

कार्यक्रममा जनताका आधारभूत आवश्यकता सम्बोधन गर्नका लागि शिक्षा, स्वास्थ्य लगायत कुरामा आफ्नो विशेष ध्यान रहने उनले बताए । यसका लागि स्थानीय जनताले आफूलाई प्रदेशसभा चुनावमा मतदान गर्नेमा पनि आफू आशावादी रहेको उनले बताए ।

‘भ्रष्टाचार हुन नदिन शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्दछ ।  विधि र  कानुनको उच्चतम् सम्मान गर्नुपर्दछ,’ आफ्नो उम्मेद्वारी घोषणासभामा खड्काले भने, ‘प्रत्येक नागरिक राष्ट्र सेवामा समर्पित हुनु पर्दछ भन्ने कुरा मेरो हृदयमा छ ।’

काठमाडौँ क्षेत्र नं.(ख) मा खड्काको उम्मेदवारीलाई स्थानीयले रुचाएका छन् । नेताहरूकै प्रवृत्तिबाट आजित भएका स्थानीय राजनीतिक दलका नेता कार्यकर्तादेखि स्थानीय समाजसेवी, शिक्षक, विद्यार्थी, खेलाडी लगायत सरोकारवालाले पनि स्वतन्त्र उम्मेद्वार खड्कालाई सहयोग गर्ने विश्वास दिएका छन् ।

उनले आफूले जितेमा जनताको काममा समर्पित हुने पनि बताएका छन् । ‘कर तिर्न सक्षम नागरिक कसरी बनाउने ? तपाईंले राष्ट्रलाई  तिरेको करलाई उचित उपयोग गर्न राष्ट्रले कस्तो सोच वा कार्यक्रम लिएर आउने ? स्थानीय उत्पादन क्षमतालाई कसरी अभिवृद्धि गर्ने ? नदी कटान , बाढी  पहिरो नियन्त्रण , सिँचाइ व्यवस्थापन  जस्ता कार्यहरूलाई कसरी सम्बोधन गर्ने ?’ उनले कार्यक्रममा आफ्ना योजनाबारे प्रश्न गर्दै भने, ‘यस्ता स्थानीय र राष्ट्रिय समस्याको सम्बोधन गर्ने स्पष्ट भिजन र योजना मसँग छ ।’

उनले आफू स्पष्ट योजनाका साथ राजनीतिमा आएको भन्दै जनताले चुनावमा मतदान गर्ने विश्वास पनि व्यक्त गरे । ‘म लामो समयदेखि खेल क्षेत्रबाट परिचित हुँदै देशको नाम विश्वभर चिनाएर अब आफ्नै क्षेत्रमा नीति निर्माण र विकासको काम गर्न स्वतन्त्र उम्मेद्वारी घोषणा गरेको छु,’ उनले उम्मेद्वारी घोषणा गर्दै भने, ‘मसँग विकास र युवा पुस्ताको नेतृत्व गर्ने स्पष्ट भिजन छ । त्यसैले तपाईँहरूबाट निर्वाचित हुने अपेक्षा राखेको छु ।’

कार्यक्रममा विभिन्न खेल क्षेत्रका व्यक्तित्व, रेफ्री, खेलाडी, स्थानीय राजनीतिक दलका नेता कार्यकर्ता, टोल समाजका अगुवा लगायतका सयौँ व्यक्तित्वको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ४ : ४७ बजे

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको