रामपुरमा रक्तसञ्चार केन्द्रको अभाव | Khabarhub Khabarhub

रामपुरमा रक्तसञ्चार केन्द्रको अभाव


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

रामपुर- पाल्पा जिल्लाकै सरकारी क्षेत्रमा ठूलो अस्पतालका रुपमा रामपुर अस्पताल पर्दछ । विशेषज्ञसहित सेवा प्रदान गर्ने उद्देश्यले १५ शय्यामा सञ्चालित सो अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिएको हो । 

अस्पतालको स्तरोन्नति भएसँगै पूर्वाधार विकासमा जोड दिइएको छ । हाल यस अस्पतालमा सेवा लिन पुग्ने सेवाग्राहीको चाप दिनहुँ बढ्दो छ । बिरामीको चाप बढ्दै जाँदा यहाँ रक्तसञ्चार केन्द्रको अभाव खड्किएको छ । पूर्वी पाल्पासहित स्याङ्जा, तनहुँ र नवलपरासी सुस्ता पूर्व (नवलपुर) क्षेत्रका नागरिक स्वास्थ्य सेवाको पहुँचमा प्रत्यक्ष अस्पतालसँग जोडिएका छन् । यी क्षेत्रका नागरिकले स्वास्थ्य सेवा लिने भरपर्दो र दैनिक जीवनयापनसँग जोडिएको अस्पताल हो । सेवाग्राहीको सङ्ख्या थपिँदै जाँदा अस्पतालमा विभिन्न प्रकृतिका बिरामी उपचारमा आउने गरेको पाइन्छ । 

पछिल्लो समय यस क्षेत्रमा सडक स्तरोन्नति तथा पक्की बन्दै जाँदा दुर्घटना दिनहुँजसो हुने गरेको छ । आकस्मिक सेवा लिन आउने बिरामीलाई तत्काल रक्तसञ्चार दिनुपर्ने हुँदा रगत अभावको समस्या स्थानीयले भोगिरहेका छन् । कतिपय सन्दर्भमा रक्तदान गर्न इच्छुक भए पनि समूह नमिल्दा अप्ठ्यारो स्थिति पनि भोग्नु परिरहेको छ ।

अस्पतालको दायरा बढ्दै जाँदा धेरै टाढाका बिरामी सेवा लिन आउने क्रम बढिरहेको हुँदा कतिपय बिरामीलाई तत्काल ब्लड दिनुपर्ने अवस्था रहेकाले यहाँ रक्तसञ्चार केन्द्र अति आवश्यक रहेको रामपुर अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले बताए । 

‘अस्पताल आफैँले मात्रै पहल गरेर मात्रै हुँदो रहेनछ, रक्तसञ्चार केन्द्र स्थापना गर्न नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखासँग कुरा भइरहेको छ,’ उनले भने, ‘यस सम्बन्धमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभागमा पत्र पठाइएको छ तर रक्तसञ्चार केन्द्र स्थापनाका लागि अहिलेसम्म कुनै पनि जानकारी आएको छैन ।’ 

रेडक्रसको पहलमा रामपुर अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना गर्ने कुरा भए पनि स्थानीय सरकार, अस्पताल विकास समिति र रेडक्रस समितिबीचको छलफल गर्ने तालमेल नमिल्दा अहिलेसम्म प्रक्रिया अगाडि बढ्न नसकेको नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखाका अध्यक्ष मनोरथ भट्टराईले बताए । 

‘केन्द्र स्थापना नहुँदासम्मका निम्ति हाललाई स्थानीयबाट रक्त समूह पहिचान गरेर राखिएको छ, अति आवश्यक परेको खण्डमा बिरामीलाई रगत उपलब्ध गराइएको छ, यसले ठूलो राहत मिलेको छ,’ उनले भने। 

रेडक्रस सोसाइटी र रामपुर अस्पतालको समन्वयमा तत्काल रक्तसञ्चार दिनुपर्ने बिरामीलाई दृष्टिगत गर्दै विभिन्न स्थानमा शिविर आयोजना गरी रक्त समूह पहिचान गर्ने काम भएको छ । यहाँ पहिलो चरणमा रामपुर नगरपालिका-५, ६ र ७ तथा शहीद बहुमुखी क्याम्पसमा शिविर आयोजना गरी रक्त समूह पहिचान गरिएको छ । अब क्रमशः नगरका अन्य वडा तथा स्थानमा शिविर सञ्चालन गर्ने तयारी रहेको छ ।

अस्पतालमा बिरामीको अवस्था हेरेर चिकित्सकको सल्लाहमा आवश्यकता पहिचान गरी ब्लड दिने गरिएको छ । यहाँ केन्द्र स्थापना भएको खण्डमा रक्तसञ्चार अभाव हुने समस्या सदाका लागि हट्नेछ । रामपुर अस्पतालमा निर्माण भइरहेको भवन सकिन लागेकाले रक्तसञ्चार केन्द्र स्थापनका लागि पूर्वाधारको समस्या भने हुनेछैन । 

चिरफार, दुर्घटना, हड्डी, गाइनोलगायत ठूला-ठूला रोगको शल्यक्रिया गर्नुपर्ने बिरामीलाई रगत आवश्यक पर्ने भएकाले ब्लड बैंक स्थापना गरी पहिले नै रगत संकलन गरियो भने रामपुरमा जुनसुकै समय पनि रगतको अभाव नहुने सिटी मेडिकल हल रामपुरका सञ्चालक अमृत काफ्लेले बताए  । ‘अहिलेलाई काम चलाउन आवश्यक पर्दा रक्त समूह परीक्षण गरेर तत्काल रगत झिकेर दिने गरिएको जानकारी छ, अस्पतालको सेवासुविधा बढ्दै जाँदा यहाँ ब्लड बैंक नै आवश्यक छ, यसको व्यवस्थापनका लागि सम्बन्धित निकाय तात्नुपर्ने हुन्छ’, उनले भने।

उनका अनुसार मेडिकलमा सेवा लिन आउने सेवाग्राहीलाई रगत अभावको समस्या देखिएमा रामपुर अस्पताल, सदरमुकाम तानसेनस्थित युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास पठाउने गरिएको छ । सुत्केरी र आकस्मिक रुपमा अस्पतालमा भर्ना हुने बिरामीलाई रगत तत्काल आवश्यक पर्ने हुँदा दीर्घकालीन रुपमा यसको व्यवस्थापन गरिनुपर्ने बताउनुहुन्छ, युवा अशोक श्रेष्ठ । 

सामान्य स्वास्थ्य सेवासम्मको पहुँच सम्पूर्ण नागरिकको अधिकार हो । व्यवस्थित तरिकाले सञ्चालन भएको रक्तसञ्चार सेवा स्वास्थ्य सेवाको एउटा अभिन्न अङ्गका रुपमा पर्छ, जसको माध्यमबाट धेरै जीवन बचाउन सकिन्छ । त्यसकारण गाउँ गाउँमा यसको पहुँच पुर्‍याउन सकियो भने रगत अभावमा कोही पनि बिरामीले अकालमा मृत्युवरण गर्नु पर्दैन । 

सुशीला रेग्मी रासस

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ५ : २६ बजे

रवि संलग्न गोर्खा मिडियाले सहकारीको ६३ करोड ऋण लिएको भेटियो

काठमाडौं–सहकारी छानबिन समितिले सुप्रिम सहकारीबाट ६३ करोड बढी रकम जिबी

सुनचाँदीका विभिन्न गरगहनासहित एक जना पक्राउ

रूपन्देही– रोहिणी गाउँपालिका-७ लठ्टाबाट ७  तोला १०.७ लाल तौलको सुन

नवराजपुरका तत्कालीन प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

 काठमाडौं– सिरहा नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित

भारत–जर्मनी अन्तरसरकारी समन्वयको बैठक भारतमा हुने 

काठमाडौं– भारतका लागि जर्मन राजदूत डा. फिलिप एकरमानले यस पटक

प्रधानमन्त्री भन्छन्- राजनीतिमा उतारचढाव भइरहन्छ, विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौँ

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि