‘संसदीय मर्यादाको खिल्ली उडाइयो’ « Khabarhub

‘संसदीय मर्यादाको खिल्ली उडाइयो’


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान घोषणा भएको ६ वर्ष बितिसक्दा पनि देशका सबै नागरिकले यसको स्वामित्व लिन नसकेको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा उनले संविधान जारी गर्ने बेला मधेशी समुदायलाई बहिष्कार गरे पनि पछि संशोधनमार्फत यो समुदायलाई समेट्ने आशा लिएको तर पूरा नभएको बताए । यसकारण मधेशी समुदायले संविधान जारी भएको दिनलाई कालो दिवसको रुपमा लिँदै आएको उनले बताए ।

यो सदनमा जबरजस्ती ‘फास्ट ट्रयाक’को संविधान पुनरावलोकन गर्न कसैले नखोजेको उनले बताए । ‘बरु पटक पटक सदन विघटन गर्न खोजियो, संसद् विघटनको रेकर्ड बन्यो । खारेजीको चरणमा पुगेको लोकतन्त्रलाई पाँच दलीय गठबन्धनले लिकमा ल्यायो । तर, मधेशी समुदायलाई अनागरिक हुने चरणबाट उठाएन ।’ उनले भने ।

यद्यपि, संघीयता कार्यान्वयनका लागि सदनले केही ऐन बनाउको, स्थानीय तह निर्वाचन गरेको उनले बताए । यी काम हुँदाहुँदै पनि अझै केन्द्रीय एकात्मक शासन रहिरहेको उनको भनाइ छ ।  उनले भने ‘संघीयतातर्फका बाटोमा एक कदम सारिएको छैन । संघीयता धरापमा पर्ने हो की भन्ने आशंका छ ।’

उनले नागरिकता विधेयकको विवादले संसद्को औचित्यनै समाप्त हुन खोजेको हो की भनेर आशंका गरे । उनले भने, ‘दुवै सदनले पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएर संसदीय मर्यादाको खिल्ली उडाइयो ।’ 

यस्तै, लोकतन्त्र र संघीयता बचाउन विभिन्न पटक विभिन्न समुदायले आन्दोलन गरे तर, सरकारले तिनीहरूलाई पक्रेर उल्टै बन्दी बनाएको आरोप लगाए । उनीहरूलाई तत्काल रिहा गर्न उनको माग छ । 

मधेश आन्दोलन र अन्य आन्दोलनबारे अध्ययन गर्न सरकारले गठन गरेको लाल आयोगको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न पनि उनले माग गरेका छन् ।
साथै, सदनमा उनले संविधानअनुसार नेपालमा स्वायत्त क्षेत्र कहाँ छ रु भनेर प्रश्न गरे । उनले स्वायत्त क्षेत्र खोज्न कहाँ जाने रु प्रश्न गरे । 

अहिले देशमा भष्ट्राचार सङ्गठित र संस्थागत भएको उनको आरोप छ । यही कारण देशको वित्तिय अवस्था नाजुक बनेको छ । उनले भने, ‘व्यापार घाटा घटाउने कुनै योजना छैन । देश दरिद्रीकरणतर्फ गइरहेको छ ।’

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ६ : ०४ बजे

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय

सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल 

काठमाडौं – समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचतकर्ताको रकम फिर्ता गराउन

वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सक्रिय रूपमा