नलगाडमा सुत्केरी भैंसीलाई भत्ता | Khabarhub Khabarhub

नलगाडमा सुत्केरी भैंसीलाई भत्ता


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– भैंसी पालन कृषकलाई व्यवसायिक रुपमा सक्रिय बनाइ दुध उत्पादनमा वृद्धि गर्न सुत्केरी भैंसीलाई भत्ता दिन लागिएको छ । जाजरकोट नलगाड नगरपालिकाले पालिका भित्रका सबै सुत्केरी भैंसीलाइ यो भत्ता दिन लागिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए ।

‘भैंसी सुत्केरी, प्रोत्साहन हात भरी ’ भन्ने कार्यक्रम अन्तरर्गत भैंसी पालक कृषकहरुलाई भैंसीको व्यवसायिक पालनमा सक्रिय बनाउनका लागि यो कार्यक्रम ल्याइएको अधिकृत गिरीले जानकारी दिए ।

भदौदेखि लागू हुने गरी प्रत्येक सुत्केरी भैंसीलाई रु १ हजार ५०० दरले रकम दिन लागिँएको उनले जानकारी दिए । अधिकृत गिरीले भने ,‘ भैंसी पालन व्यवसाय विस्तारै कम हुँदै गएकोले नगरपालिकाबाट भैंसी पालन व्यवसाय विकास र वृद्धि गर्नका लागि यो कार्यक्रम ल्याइएको छ । वडाहरुले समेत थप भत्ता दिएर काम गर्नका लागि बाटोसमेत खुल्ला गरिएको छ । ’

भदौबाट लागू हुने गरी सुत्केरी भैंसीको लागत संकलनको काम भइरहेको नगरपालिकाले जनाएको छ । पुर्वी क्षेत्रको नलगाड भैंसी पालन व्यवसाय राम्रो भएको पालिका मध्यमा पर्दछ । उक्त भत्ता लिएर भैंसीको हेरचाह, आहार र व्यवस्थापमा खर्च हुने छ । वर्षमा एक पटक मात्र सुत्केरी भत्ता दिने योजना नगरपालिको लिएको छ । एकै घरका धेरै वटा भैंसीहरु सुत्केरी भएमा ,उत्ती धेरै भत्ता दिने नगरपालिकाको योजना रहेको छ ।

यो योजनाले दुध उत्पादनमा वृद्धि ल्याउनुका साथै भैंसी पालक कृषकलाई सम्मान हुने अपेक्षा लिइएको छ । नलगाडको कालीमटीमा दुध डेरी समेत सञ्चालनमा आउनुका साथै बाहिर निर्यातका लागि सहकारी मार्फत आधुनिक मेसिन जडान गरी काम समेत सुरु भएको नगरप्रमुख डम्वर रावतले जानकारी दिए । जाजरकोट – डोल्पा सडक खण्डको बीचमा रहेको यहाँ नलगाड जलविद्युत आयोजना निर्माण स्थलमा समेत रहेको छ । जनसंख्याको चाप रहेको यस क्षेत्रमा आउन र जान समेत सहज रहेको छ ।

यस क्षेत्रमा उत्पादन भएको दुध अन्य जिल्लामासमेत सजिलै ढुवानी गर्न सकिने भएको छ । भैंसीलाई सुत्केरी भत्ता दिने नगरपालिकाको योजनाले आफू खुसी भएको कृषक रामबहादुर रावलले बताए । उनले भने,‘ महिलालाइ त भत्ता दिएको थाहा पाएका थियौं तर अब भैंसीलाई पनि दिने भन्दै कर्मचारीहरु भैंसी अनुगमणमा आएका थिए , खुसी लाग्यो ।’

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १० : ५० बजे

थप ‘ट्रान्फरस्टेसन’का लागि जग्गा प्राप्त नहुँदा क्षेत्रगत रूपमा फोहर व्यवस्थापन हुन सकेन

काठमाडौं– काठमाडौं महानगरपालिकाले थप ‘ट्रान्फरस्टेसन’का लागि जग्गा प्राप्त गर्न नसक्दा

मौरीपालन व्यवसायमा ६० वर्षीय दीपकुमार, कमाउँछन् वार्षिक १२ लाख  

घोराही– उमेरले ६० वर्ष पुगेका दीपकुमार मगरको मुख्य पेसा मौरीपालन

जैविक विविधता जोगाउन प्यारा तालको संरक्षण गरिँदै

कैलाली- कैलालीसँगै सिमाना जोडिएको कञ्चनपुरको पुर्नवास नगरपालिका–८ र वडा नं

हुलाक सेवा विभागले गर्‍यो एकदिने हुलाक टिकट प्रदर्शनीको आयोजना

काठमाडौं– निजामती सेवा दिवस २०८२ को अवसरमा हुलाक सेवा विभागले

एमाले महाधिवेशन : प्रतिवेदन प्रस्तुतीकरण सुरु

गोदावरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रतिवेदन प्रस्तुतीकरण