सिटीलाई लिभरपुलले हरायो « Khabarhub

सिटीलाई लिभरपुलले हरायो


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीको अपराजि यात्रामा लिभरपुल तगारो बनेको छ। आइतबार राति भएको खेलमा लिभरपुलले सिटीलाई १–० ले पराजित गर्यो।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई खेलको ७६औं मिनेटमा मोहम्मद सलाहले निर्णायक गोल गरे। उनले गोलरक्षक एलिसनले रिलिज गरेको लामो प्रहारलाई उत्कृष्ट नियन्त्रण लिँदै गोल गरेका थिए।

रेफ्रीमाथि अभद्र ब्यवहार गरेपछि लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले दोस्रो हाफमा रातो कार्डको सामना गरेका थिए।

हारसँगै सिटीले शीर्षस्थानको आर्सनलसँग अंक दूरी घटाउने अवसर गुमायो। लिभरपुल भने लयमा फर्किएको जनाउन सफल भयो।

१० खेलबाट २३ अंक बटुलको सिटी पहिलो खेलमा हार बेहोर्दै दोस्रो स्थानमा छ। समान खेलबाट शीर्षस्थानको आर्सनलको २७ अंक छ। लिभरपुल नौ खेलबाट १३ अंक जोड्दै आठौं स्थानमा छ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ८ : ३९ बजे

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका– लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको सन्

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् ।

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको