फाइल तस्वीर

अन्तर्राष्ट्रिय

पाकिस्तानमा सैनिक कारवाहीमा ७ लडाकुको मृत्यु

By खबरहब

October 17, 2022

काठमाडौँ- पाकिस्तानमा सैनिक कारवाहीमा ७ आतङ्ककारी लडाकु मारिएका छन् । पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न दुई क्षेत्रमा सुरक्षा बलले गरेको कारवाहीमा परी सात आतङ्कवादी लडाकु मारिएका अधिकारीले बताएका छन् ।

आतङ्कवाद विरोधी विभाग (सिटिडी) ले देशको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा आतङ्कवादीको आश्रयस्थलमा सुरक्षाबलले छापा मारेको बताएको छ । उक्त कारवाहीका क्रममा छ आतङ्ककारी मारिनुको साथै र अन्य तीन भागेका सिटिडीले जनाएको छ ।

सीटीडीले आतङ्कवादीको लुक्ने ठाउँबाट हतियार र गोलाबारुद बरामद गरिएको बताएको छ । मारिएका आतङ्ककारीले बलुचिस्तानको राजधानी क्वेटामा संवेदनशील प्रतिष्ठानमा ठूलो आक्रमण गर्ने योजना बनाएका जनाइएको छ ।

यसबाहेक मुलुकको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नु जिल्लाको जानिखेल क्षेत्रमा गरेको कारवाहीमा अर्का एक आतङ्ककारी मारिएको पाकिस्तानी अधिकारीले जनाएका छन् । उक्त क्षेत्रमा आतङ्ककारीहरु सुरक्षाबलविरुद्ध आतङ्कवादी गतिविधिमा सक्रियरुपमा संलग्न रहेका जनाइएको छ ।