चीनमा खडेरीको समस्या देखा पर्ने चेतावनी | Khabarhub Khabarhub

चीनमा खडेरीको समस्या देखा पर्ने चेतावनी


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अनुसन्धानकर्ताहरुले चीनमा आगामी केही वर्षभित्र खडेरीको समस्या देखा पर्ने चेतावनी दिएका छन् । चीनको सिङ्गुवा विश्वविद्यालय तथा अमेरिकाको टेक्सस विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको संयुक्त अध्ययनपछि जारी प्रतिवेदनमा चीनमा खडेरीको समस्या देखा पर्ने चेतावनी दिइएको हो ।

चीनले कार्बन उत्सर्जनमा कटौती नगरेको खण्डमा आगामी केही वर्षभित्र पानीको हाहाकार देखिने र यसले सामाजिक–आर्थिक अवस्थामा नै नकारात्मक असर पर्ने अनुसन्धानकर्ताहरुले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार चीनको दक्षिणपश्चिममा रहेको चोङचिङ क्षेत्रका ३४ काउन्टीका झण्डै ६६ नदीहरु सुक्दै गएका छन् । यसका कारण १० जिल्लामा अन्नबाली नराम्ररी प्रभावित भएका छन् ।

तापलहरका कारण सुख्खाग्रस्त क्षेत्रका १५ सय मानिसहरु विस्थापित बन्न बाध्य भएका छन् । उक्त अध्ययनका अनुसार सन् २०१९ देखि सन् २०२१ सम्म चीनको कार्बन उत्सर्जन ७५० मेट्रिक टनले वृद्धि भएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ६ : १७ बजे

वार्तामा बस्न सरकार एवं उद्योगीलाई परिसंघको आग्रह

काठमाडौं- डेडिकेटेड र ट्रंकलाइनको विद्युत् महसुलका विषयमा उद्योगी र नेपाल

भारतबाट १६ बालबालिकाको उद्धार

जनकपुरधाम- भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ। उनीहरूलाई

मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा, जनजिवन प्रभावित

मुस्ताङ – मङ्गलबारको हिमपातपछि हिमाली जिल्ला मुस्ताङमा निरन्तर वर्षा भइरहेको

आन्दोलनमा आगजनी र लुटपाटमा संलग्न व्यक्ति गोलीसहित पक्राउ

काठमाडौँ- जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड) एसएलआरको