चीनमा खडेरीको समस्या देखा पर्ने चेतावनी « Khabarhub

चीनमा खडेरीको समस्या देखा पर्ने चेतावनी


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अनुसन्धानकर्ताहरुले चीनमा आगामी केही वर्षभित्र खडेरीको समस्या देखा पर्ने चेतावनी दिएका छन् । चीनको सिङ्गुवा विश्वविद्यालय तथा अमेरिकाको टेक्सस विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको संयुक्त अध्ययनपछि जारी प्रतिवेदनमा चीनमा खडेरीको समस्या देखा पर्ने चेतावनी दिइएको हो ।

चीनले कार्बन उत्सर्जनमा कटौती नगरेको खण्डमा आगामी केही वर्षभित्र पानीको हाहाकार देखिने र यसले सामाजिक–आर्थिक अवस्थामा नै नकारात्मक असर पर्ने अनुसन्धानकर्ताहरुले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार चीनको दक्षिणपश्चिममा रहेको चोङचिङ क्षेत्रका ३४ काउन्टीका झण्डै ६६ नदीहरु सुक्दै गएका छन् । यसका कारण १० जिल्लामा अन्नबाली नराम्ररी प्रभावित भएका छन् ।

तापलहरका कारण सुख्खाग्रस्त क्षेत्रका १५ सय मानिसहरु विस्थापित बन्न बाध्य भएका छन् । उक्त अध्ययनका अनुसार सन् २०१९ देखि सन् २०२१ सम्म चीनको कार्बन उत्सर्जन ७५० मेट्रिक टनले वृद्धि भएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ६ : १७ बजे

रग्बी सेभेन्स-२०२६ : पुरुषमा एपीएफ, महिलामा आर्मी च्याम्पियन

काठमाडौं– राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी

 तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

सुरुङ्गा– झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम