राष्ट्रिय महिला भलिबल : गण्डकी, बागमती, सशस्त्र र पुलिस सेमिफाइनल प्रवेश « Khabarhub

राष्ट्रिय महिला भलिबल : गण्डकी, बागमती, सशस्त्र र पुलिस सेमिफाइनल प्रवेश


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कास्की-  गण्डकी, बागमती प्रदेश, सशस्त्र र प्रहरी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा सञ्चालित प्रतियोगिताको आज भएको क्वार्टरफाइनल खेलबाट नेपाली सेनाको त्रिभुवन आर्मी, सदुरपश्चिम, लुम्बिनी र प्रदेश १ बाहिरिएका छन् ।

मधेस र कर्णाली प्रदेश लिग चरणको खेलबाट बाहिरिएका थिए । पुलिसले सेनालाई दुईका विरुद्ध तीन, सशस्त्रले लुम्बिनी, बागमतीले सुदरपश्चिम र गण्डकीले प्रदेश १ लाई सोझो तीन सेटमा पराजित गर्दै सेमिफाइनल पुगेका जिल्ला भलिबल सङ्घ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिनुभयो ।

प्रहरी र सेनाको खेल प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो र दोस्रो सेट जितेको पुलिसलाई तेस्रो र चौथो सेटमा पछि पारेको सेना अन्तिम सेटमा पराजित हुँदा सेमिफाइनल पुग्न सेकेन । पुलिसले सेनालाई पहिलो सेटमा २५–१३, दोस्रो सेट २५–२० र तेस्रो सेट १५–१३ अन्तरले पराजित गरेको हो । सेनाले पुलिसलाई तेस्रो सेट २५–२३ र २५–१४ अन्तरमा पराजित गरेको थियो ।

सशस्त्रले लुम्बिनीका विरुद्ध २५–१९, २५–१८ र २५–१० को अन्तरमा जीत निकालेको हो । सदूरपश्चिम प्रदेश बागमतीसँग २५–१२, २५–१५, २५–२३ अन्तरमा पराजित भयो । गण्डकीले प्रदेश १ लाई २५–१०, २५–१०, २५–१७ को अन्तरमा पराजित गरेको हो ।

मङ्गलबार सेमिफाइनलमा सशस्त्र प्रहरी र बागमती प्रदेश तथा नेपाल पुलिस र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । क्वार्टरफाइनलको खेलमा सशस्त्रकी आरती सुवेदी, सुदरपश्चिमकी प्रगति नाथ, नेपाल पुलिसकी कमला पुन र प्रदेश १ की पूर्णिमा राईलाई विमेन अफ द म्याच घोषणा गरिएको थियो ।

लिक कम नकआउट बेस्ट अफ फाइभ सिस्टममा खेलाइएको खेलमा सात प्रदेश र तीन विभागीय टोली सहभागी छन् । प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ८ : १६ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम