प्रधानमन्त्री कप प्रदेशस्तरीय छनौट खेलमा कञ्चनपुर विजयी « Khabarhub

प्रधानमन्त्री कप प्रदेशस्तरीय छनौट खेलमा कञ्चनपुर विजयी


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको पहिलो खेलमा कञ्चनपुर पाँच विकेटले विजयी भएको छ ।

महेन्द्रनगरको कभर्डहलस्थित मैदानमा आज भएको खेलमा डोटीले दिएको एक सय ४२ रनको लक्ष्य पूरा गर्दै कञ्चनपुरले विजयी सुरुआत गरेको हो । कञ्चनपुरले २४ ओभरमा पाँच विकेट गुमाउँदै डोटीले दिएको लक्ष्य पूरा गरेको हो । टस जितेर ब्याटिङ रोजेको डोटीले ३२ ओभरमा सबै विकेट गुमाउँदै एक सय ४२ रनको लक्ष्य दिएको थियो । कञ्चनपुरका अनुराग सिंहले सर्वाधिक ४६ रनको योगदना गरे । त्यसैगरी डोटीका खगेन्द्र जोशीले सर्वाधिक ५३ रनको योगदान दिएका थिए ।

खेलमा कञ्चनपुरका मिलन बोहरा म्यान अफ दी म्याच घोषित भए । जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्र चन्दले आज भएको पहिलो खेलमा कञ्चनपुर पाँच विकेटले विजयी भएको बताए । भोलि कात्तिक १ गते दार्चुला र डोटी बीच प्रतिस्प्रर्धा हुनेछ ।

‘प्रदेशस्तरीय छनौटका खेल आजबाट सुरु भएका छन्’, उनले भने, ‘छनौटमा सुदूरपश्चिमका बाजुरा बाहेक आठ टिम सहभागी छन् ।’

उक्त छनोटमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा प्रदेशको टोली छनोट गरिने अध्यक्ष चन्दले बताए । नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता कात्तिक १२ गतेदेखि काठमाडौँमा हुँदैछ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ८ : २३ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी