पौडीमा तेस्रो दिन राष्ट्रिय कीर्तिमानको ओइरो | Khabarhub Khabarhub

पौडीमा तेस्रो दिन राष्ट्रिय कीर्तिमानको ओइरो


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भएको पौडी प्रतियोगितामा आज तेश्रो दिन ७ राष्ट्रिय कीर्तिमान कायम भएका छन् । यस्तै पूर्व कीर्तिमानलाई तोड्ने क्रममा आज १३ कीर्तिमान भंग भएका छन् ।

४०० मिटर पुरुष फ्रिस्टायलमा ४ कीर्तिमान, १०० मिटर बटरफ्लाईमा ३, महिला १०० मिटर बटफ्लाईमा १, पुरुष २०० मिटर ब्रेष्टस्ट्रोकमा २, महिला २०० मिटर ब्रेष्टस्ट्रोकमा १, पुरुष ५० मिटर ब्याकस्ट्रोकमा १ र ४०० मिटर फ्रिस्टायल रिलेमा १ कीर्तिमान भंग भएका छन् ।

४०० मिटिर पुरुष फ्रिस्टायलमा नासिर याह्या हुसेनको नाममा १३ औं सागमा रहेको ४ मिनट ३३.०५ सेकेन्डमा समयलाई आज चार खेलाडीले उछिनेका छन् । सेनाका नासिरले ४ मिनट ८.६४ सेकेन्ड समयका साथ आफ्नो रेकर्डमा सुधार गर्दै स्वर्ण जिते ।

यस्तै रजत पदक जितेका एनआरएनका आशिष सापकोटाले पनि नासिरको पूर्व रेकर्डलाई उछिन्दै ४ मिनट २२.४५ सेकेन्डको समयमा दूरी पार गरे । तेश्रो स्थानमा रहेका बागमतीका ईरभिन श्रेष्ठले पनि नासिरको पूर्व रेकर्डलाई उछिन्दै ४ मिनट २५.७४ सेकेन्ड समयका साथ कास्य जिते । चौथो स्थानमा रहेका बागमतीका सेरेन सिंहले पनि नासिरको पूर्व कीर्तिमान लाई उछिने । उनले ४ मिनट २५.९२ सेकेन्ड समयमा दुरी पार गरेका थिए ।

बिरौटास्थित फिसटेल एकेडेमीमा भएको प्रतियोगिताको १०० मिटर बटरफ्लाईमा अनुभव सुब्बाले २५ औं खुला राष्ट्रिय पौडी च्याम्पियनसिपमा राखेको ५९.७७ सेकेन्डको समयलाई भंग गर्दै सेनाका नासिर हुसेनले ५७.८६ सेकेन्डको नयाँ कीर्तिमान सहित स्वर्ण जिते । दोश्रो स्थानमा रहेको एनआरएनका आशिष सापकोटाले पनि पूर्व कीर्तिमानलाई उछिन्दै ५९.६८ सेकेन्ड समयका साथ रजत प्राप्त गरे । यस्तै तेश्रो स्थानमा रहेका अनुभव सुब्बाले कास्य पदक प्राप्त गर्ने क्रममा आफ्नो पुर्व समयलाई सुधार गर्दै ५९.७३ सेकेन्ड समयमा दूरी पुरा गरे ।

महिला १०० मिटर बटरफ्लाईमा एनआरएनकी एश्ले सापकोटा डङ्गोलले गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा कायम गरेको १ मिनट ९.९७ सेकेन्ड समयलाई भंग गर्दै १ मिनट ७.७४ सेकेन्ड समयका साथ स्वर्णमा आफ्नो नाम लेखाईन् । नेपाल पुलिसकी मेगन गुरुङ्गले रजत र बागमतीकी रोशा न्यौपानेले कास्य जितिन् ।

पुरुष २०० मिटर ब्रेष्टस्ट्रोक तर्फ एनआरएनका आशिष सापकोटाले २ मिनट २९.६० सेकेन्डको नयाँ कीर्तिमा कायम गर्दै स्वर्ण जिते । यस विधामा यस अघि सुभम श्रेष्ठको नाममा २ मिनट ३१.१५ सेकेन्ड समयको कीर्तिमान कायम थियो । दोश्रो स्थानमा रहेका प्रदेश १ का विकास कुमालले पनि पूर्व रेकर्डलाई उछिन्दै २ मिनट ३०.७६ सेकेन्ड समयमा साथ रजत पाए । बागमतीका सेरेन सिंहले कास्य पाए ।

महिला तर्फको यसै विधामा सेनाकी डुवाना लामाले २ मिनट ४३.२३ सेकेन्ड समयको नयाँ राष्ट्रिय रेकर्ड सहित स्वर्ण प्राप्त गरिन् । उनले आजै विहान हिट चरणमा आफ्नै नाममा रहेको २ मिनट ४४.६८ सेकेन्डको समयमा आफ्नै नाममा १३ औं सागमा राखेको कीर्तिमानलाइ भंग गर्दै १ मिनट ४४.२८ नयाँ रेकर्ड राखेकी थिईन् । सेनाकी उपास्ती महर्जनले रजत र पुलिसकी अदिप्सा बैद्यले कास्य पदक पाए ।

पुरुषको ५० मिटर ब्याकस्ट्रोकमा सेनाका एलेक्जेण्डर शाहले २७.४६ सेकेन्डको नयाँ समयका साथ स्वर्ण हात पारे । उनले आजै विहान भएको हिट चरणमा आफुलेनै १३ औं सागमा राखेको २८.०३ सेकेन्डको समयमा सुधार गर्दै २७.५४ को नयाँ समयमा दुरी पुरा गरेका थिए । एपिएफका तेन्जिङ्ग नामदोल रायन गुरुङ्गले रजत र सेनाका अनुभव सुब्बाले कास्य पदक पाए ।

सोही विधाको महिला तर्फ ओलम्पियन गौरिका सिंहले स्वर्ण जितिन् । सेनाको टिमबाट खेलेकी उनले ३०.८० समयका साथ दुरी पुरा गर्दै स्वर्ण जितेकी हुन् ।

पुरुष ४०० मिटर फ्रिस्टायल रिलेमा पनि आज राष्ट्रिय रेकर्ड तोडिएको छ । सेनाका अनुभव सुब्बा, दिलिप थापा मगर, नासिर याह्या हुसेन र एलेक्सजेण्डर शाहको समूहले ३ मिनट ४५.५१ सेकेन्ड नयाँ समयको कीर्तिमान सहित स्वर्ण जिते । दोश्रो स्थानमा रहेको नेपाल पुलिसले पनि ३ मिनट ४६.३७ सेकेन्ड समयका साथ रजत जिते । एपिएफले कास्य पदक पायो । १३ औं सागमा एलेक्सजेण्डर शाह, अनुभव सुब्बा, सैयद हेम्जा शाह र तेन्जिन नामडोल रायन गुरु

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ९ : ३३ बजे

‘देशलाई नयाँ अवस्थामा अगाडी बढाउने उद्देश्यका साथ सरकार लागिपरेको छ’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई नयाँ अवस्थामा अगाडी बढाउने

माबिलुङ्ग इनर्जीको आइपीओमा २ अर्ब ६६ करोडको आवेदन 

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आईपीओ)

एमसीसीलाई पुन: निरन्तरता दिने निर्णयविरुद्ध विप्लव नेकपाको विरोध

काठमाडौं– विप्लव नेतृत्वको नेकपाले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन

देश बाँझिदै गर्दा सरकार भन्छ -कृषि उत्पादन र खाद्य सुरक्षामा अब महिलाकै भर !

काठमाडौँ – देशको २५ प्रतिशतभन्दा बढी कृषियोग्य जमिन बाँझो पल्टिँदै

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०८१/०८२ को