भलिबलः प्रदेश एकले सेमिफाइनल प्रवेशका लागि गण्डकीसँग खेल्ने « Khabarhub

भलिबलः प्रदेश एकले सेमिफाइनल प्रवेशका लागि गण्डकीसँग खेल्ने


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार मधेस प्रदेशलाई हराउँदै प्रदेश नम्बर १ समूह ‘बी’ को उपविजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालास्थित भलिवल कोर्टमा भएको खेलमा १ नम्बर प्रदेशले ३–० को सोझो सेटमा जित निकाल्यो । पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको प्रदेश १ ले दोस्रो सेट २६–२४ ले जितेको थियो । तेस्रो सेट २५–९ ले जित हात पारेर प्रदेश १ ले अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो ।

यस समूहबाट समूह विजेताको रूपमा त्रिभुवन आर्मी क्लब क्वाटरफाइनल पुगिसकेको छ । लिग कम नकआउटको आधारमा भइरहेको प्रतियोगितामा प्रदेश एकले पहिलो जितसँगै ३ अंक जोडेको छ । प्रदेश १ ले मंगलबार गण्डकी प्रदेशसँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १० : २४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको