भलिबलः प्रदेश एकले सेमिफाइनल प्रवेशका लागि गण्डकीसँग खेल्ने « Khabarhub

भलिबलः प्रदेश एकले सेमिफाइनल प्रवेशका लागि गण्डकीसँग खेल्ने


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार मधेस प्रदेशलाई हराउँदै प्रदेश नम्बर १ समूह ‘बी’ को उपविजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालास्थित भलिवल कोर्टमा भएको खेलमा १ नम्बर प्रदेशले ३–० को सोझो सेटमा जित निकाल्यो । पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको प्रदेश १ ले दोस्रो सेट २६–२४ ले जितेको थियो । तेस्रो सेट २५–९ ले जित हात पारेर प्रदेश १ ले अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो ।

यस समूहबाट समूह विजेताको रूपमा त्रिभुवन आर्मी क्लब क्वाटरफाइनल पुगिसकेको छ । लिग कम नकआउटको आधारमा भइरहेको प्रतियोगितामा प्रदेश एकले पहिलो जितसँगै ३ अंक जोडेको छ । प्रदेश १ ले मंगलबार गण्डकी प्रदेशसँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १० : २४ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले