युक्रेन र रुस युद्धले ४० लाख बालबालिका गरिबीको चपेटामा « Khabarhub

युक्रेन र रुस युद्धले ४० लाख बालबालिका गरिबीको चपेटामा


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कीभ – रुस र युक्रेनबीचको युद्ध चर्किदै जाँदा दुवै देशका बालबालिका सबैभन्दा बढी प्रभावित भएको युनिसेफको युरोप र मध्य एसियाका क्षेत्रीय निर्देशक अफसान खानले बताएको अल जजिराले उल्लेख गरेको छ।

संयुक्त राष्ट्रसंघ बाल एजेन्सीको प्रतिवेदन अनुसार २२ देशको अध्ययनले युक्रेनमा रुसको आक्रमणले गहिरो आर्थिक सङ्कट बढ्दै गएको देखाएको छ । युक्रेनमा युद्धका कारण उत्पन्न आर्थिक सङ्कटको सबैभन्दा ठूलो बोझ बालबालिका माथि परेको युनिसेफले जनाएको छ ।
जारी आर्थिक मन्दीका कारण अहिले थप २८ लाख बालबालिका गरिबीको रेखामुनि रहेको बताइएको छ ।

यसैगरी रोमानियामा पनि ११ लाख बालबालिका गरिबीमा बाँचिरहेको अल जजीराले उल्लेख गरेको छ। युनिसेफका युरोप र मध्य एसियाका क्षेत्रीय निर्देशक अफसान खानले भने, ‘यस डरलाग्दो युद्धको चपेटामा यस क्षेत्रका बालबालिकाहरू प्रभावित भइरहेका छन्।’

यसले थप ४ हजार ५०० बालबालिकालाई आफ्नो पहिलो जन्मोत्सव अघि नै मृत्यु वरण गर्न विवश हुने र र यस प्रत्येक वर्ष विद्यालय छाड्ने बालबालिकाको सङ्ख्या एल लाख १७ हजार पुग्ने गरेको अल जजीराले युनिसेफलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।

हालै जारी भएको युनिसेफको अर्को प्रतिवेदनमा युक्रेनको युद्धमा झण्डै एक हजार केटा र केटी मारिएका वा घाइते भएको बताइएको छ।
लगभग छ महिना अघि युद्ध बढेपछि युक्रेनमा कम्तिमा ९७२ बालबालिका हिंसाबाट मारिएका वा घाइते भएका छन् ।करिब ६ महिनाअघि रुस–युक्रेन युद्ध सशुरु भएको थियो । युक्रेनी शरणार्थी सङ्कटको पूर्ण दायरा मापन गर्न गाह्रो छ यद्यपि दोस्रो विश्वयुद्धपछि युरोपमा यस पटक देखिएको शरणार्थी सङ्कट सबैभन्दा उच्च छ।

यसैबीच, युक्रेनका लगभग हरेक बालबालिकाले गहिरो पीडादायी घटनाहरूको सामना गरेका छन्। हिंसाबाट भाग्नेहरू पारिवारिक विछोड, दुर्व्यवहार, यौन शोषण, थप आक्रमण र बेचबिखनको महत्त्वपूर्ण जोखिममा छन्।

बढ्दो शत्रुताले शिक्षा प्रणालीलाई तहसनहस बनाएको छ । युनिसेफको अनुमान १० मध्ये १ विद्यालय क्षतिग्रस्त वा नष्ट भएको छ। विद्यालयहरूलाई द्वन्द्वमा प्रयोग गरिएको छ । जसले गर्दा परिवारहरूले आफ्ना बालबालिकाहरूलाई कक्षाकोठामा फर्काउन सुरक्षित महसुस गरेका छैनन् ।

संयुक्त राष्ट्रसंघ बाल कोषले तत्काल युद्धविरामको लागि आह्वान गरिरहेको छ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ११ : ०४ बजे

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि