इटालीको जितमा ग्रिफोको दुई गोल « Khabarhub

इटालीको जितमा ग्रिफोको दुई गोल


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा मैत्रीपूर्ण खेलमा इटालीले अल्वानीयालाई ३–१ अन्तरले पराजित गरेको छ।

बुधबार राति युरो च्याम्पियन इटालीलाई जिताउन २९ वर्षीय भिन्सेन्जो ग्रिफोले दुई गोल गरेका थिए । यसैगरी जिओभानी डि लोरेन्जोले एक गोल गरे । अल्भानीयाका आर्डिअन इस्माज्लीले एक गोल गरे ।

इटाली १–० ले पछि परेको स्थितिमा खेलमा पुनरागमन गरेको थियो । आर्डिअनले खेलको १६औं मिनेटमा गोल गर्दै अल्वानीयालाई अग्रता दिलाएका थिए । रोजेन्जोले २०औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याएका हुन् ।

२५ र ६४औं मिनेटमा ग्रिफोले गोल गर्दै इटालीलाई जित दिलाएका थिए । कतार विश्वकपमा भने दुबै टोली बाहिर छन् ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ८ : ४६ बजे

निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई स्वतन्त्र,

बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार

ट्रम्पको दाबी : आठ महिनायता कोही पनि अवैध रूपमा अमेरिका पसेका छैनन्

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब देशमा अवैध रूपमा प्रवेश