पोखरा म्याराथनको विजेताले ५ लाख पाउने « Khabarhub

पोखरा म्याराथनको विजेताले ५ लाख पाउने


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

पोखरा – ‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१७ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ।

आगामी फागुन ६ गते आयोजना हुने ‘१७औँ सफल पोखरा अन्तर्राष्टिय म्याराथन’को तयारी सुरु भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जनाएका छन्।

पराजुलीका अनुसार पोखरा म्याराथन विजेताले ५ लाख नगद पाउनेछन्। गत वर्ष ४ लाख रहेको पुस्कार राशी यो वर्ष १ लाख बढाइएको छ।

म्याराथन ४२.१९५ किमितर्फ नै दोस्रो, तेस्रो र सान्त्वनासम्म पनि पुरस्कार राशी बढाइएको छ। अध्यक्ष पराजुलीका अनुसार दोस्रो, तेस्रो र सान्त्वनातर्फ क्रमश नगद ३ लाख, २ लाख र ३० हजार नगद पुरस्कार रहेको छ।

गण्डकी प्रदेशतर्फ विजेताले समेत छुट्टै नगद पुरस्कार प्राप्त गर्नेछन्। गण्डकी प्रदेशतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश नगद ५०, ३० र २० हजार प्राप्त गर्ने मञ्चले जनाएको छ।

हाफम्याराथन महिलातर्फ प्रथमले १ लाख ५० हजार, द्वितियले १ लाख, तृतियले ७५ हजार र सान्त्वना हुनेले १५ हजार पाउनेछन्। १० किमि महिला तथा पुरुष दौडका विजेताले ३ लाख पाउनेछन् भने द्वितियले २० हजार र तृतियले १५ हजार प्राप्त गर्नेछन्।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ८ : ३० बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत