सप्तरी २ : उपेन्द्र र सिकेलाई टक्कर दिँदै जयप्रकाश  « Khabarhub

सप्तरी २ : उपेन्द्र र सिकेलाई टक्कर दिँदै जयप्रकाश 


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरी क्षेत्र २ मा चुनावी प्रतिस्पर्धा निकै रोचक बनेको छ। मधेसवादी पृष्ठभूमिका दुई पार्टीका अध्यक्ष र गठबन्धनका उम्मेदवारबीचको प्रतिस्पर्धाले सप्तरी क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको हो।

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि एमाले–जसपा गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा सिके राउत र वाम लोकतान्त्रिक गठबन्धनबाट लोसपाका नेता जयप्रकाश ठाकुरसहित १८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यस क्षेत्रमा अध्यक्षद्वय यादव, डा राउत र ठाकुरबीच रोचक प्रतिस्पर्धा हुनेछ।

प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिँदै जाँदा तीनै उम्मेदवार चुनावी प्रचारप्रसार सामग्रीसहित मत आ–आफ्नो पक्षमा पार्न घरदैलोमा व्यस्त छन्। गत २०७४ सालको निर्वाचनमा यसै क्षेत्रमा निर्वाचित जसपा अध्यक्ष यादव आफ्नो जितलाई दोहोर्‍याउने दाउमा छन् भने डा राउत र ठाकुरले यादवलाई पराजित गरेर आ–आफ्नो जित सुनिश्चित गर्ने योजना बुनिरहेका छन्।

यतिबेला बिहान र बेलुका चिया गफमा समेत ठाकुर, यादव र डा राउतबीच नै मुख्य प्रतिस्पर्धा हुने चर्चा छ। पार्टी सङ्गठनको अवस्था, राजनीतिक गठबन्धन, जातीय समीकरण र राजनीतिक प्रभावका हिसाबले तीनै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषक रामनारायण यादवले बताए।

गत २०७४ सालको निर्वाचनमा तत्कालीन राजपा, नेपाली कांग्रेससमेतको साथ पाएर निर्वाचित भएका यादवले अहिले ती हुबै पार्टीको साथ गुमाएका छन् भने एमालेको साथ पाएको छ। चुनावी प्रतिस्पर्धामा रहेका यादवले पार्टी सङ्गठन बलियो रहेको र आफूले सप्तरीमा गरेको विकास निर्माण कार्यका कारण आफूले जित्ने दाबी गरेका छन्।

‘मैले गरेको विकास निर्माण कार्य र राजनीतिक भूमिकाका कारण मेरो कसैसँग प्रतिस्पर्धा छैन’, अध्यक्ष यादवले भने, ‘पाँच वर्षमा विकास निर्माणका धेरै आधार खडा गरेका छौँ, त्यसैले जनताले फेरि पनि मलाई नै मत दिएर विजयी बनाउँछ।’

आफ्नो कार्यकालमा विभिन्न सडक सञ्जालको निर्माण, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास, नर्सिङ कलेज, कृषि विश्वविद्यालय, गजेन्द्र नारायण सिंह अस्पतालमा सुधारलगायतको काम अघि बढेकाले मतदाताले फेरि पनि अवसर दिने अध्यक्ष यादवको दाबी छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पाएको तमका आधारमा मजबुत देखिएको पाँच दलीय गठबन्धनका उम्मेदवार ठाकुरले यसक्षेत्रमा गठबन्धन मजबुत रहेको, सधैँ जनताको बीचमा रहेर निरन्तर काम गरेको र शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा योगदान रहेकाले आफूले चुनाव जित्ने दाबी गरेका छन्।

‘म जनतासँग नजिक भएर काम गरेको र उहाँहरुको सदैव सेवा गरेको आधारमा पनि मेरो बलियो स्थिति छ’, ठाकुरले भने, ‘गठबन्धन पनि एक ढिक्का छ, त्यसैले जित सुनिश्चित छ।’ दुई ठूला गठबन्धनका उम्मेदवारलाई पाखा लगाएर जित सुनिश्चित गर्ने दाउमा रहनुभएका जनमत अध्यक्ष डा राउत पुराना नेताबाट जनता दिक्क भइसकेकाले अब निर्वाचनमा मतदाताहरुले आफूलाई विजयी बनाउने दाबी गर्छन्। पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका डा राउतले पहिलो प्रयासमै आफू सफल हुने बताए।

‘बूढापाकाको आशीर्वाद र युवाको जोस, जाँगर र ऊर्जाका कारण म उत्साहित छु’, डा राउतले भने, ‘पुराना नेताबाट जनता दिक्क भइसकेका छन्, मतदाता नयाँलाई अवसर दिन चाहिरहेका छन्।’ त्यसैले म चुनाव जित्छु भनेमा ढुक्क छु उनको भनाइ थियो।

कूल ९५ हजार तीन सय ४४ मतदाता रहेको यस क्षेत्रमा सप्तरी सदरमुकाम राजविराजसहित महदेवा गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र छिन्नमस्ता गाउँपालिका पर्दछ। स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई जोड्दा पाँच दलीय गठबन्धन बलियो देखिएको छ।

यस क्षेत्रमा पाँच दलीय गठबन्धनको मत ३७ हजार तीन सय ७३ छ भने एमाले-जसपा गठबन्धनसँग १९ हजार ७५ मत र जनमत पार्टीको तीन हजार दुई सय ७१ मत छ। यस क्षेत्रमा पर्ने राजविराज नगरपालिकाको प्रमुख उपप्रमुखमा जसपाले जित हात पर्दा महादेवा गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा लोसपा तथा तिलाठी कोइलाडीमा कांग्रेसले जित हात पारेको थियो।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ९ : ३४ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका