निर्वाचनका लागि खटिएका कर्मचारी मतदान केन्द्रतर्फ प्रस्थान « Khabarhub

निर्वाचनका लागि खटिएका कर्मचारी मतदान केन्द्रतर्फ प्रस्थान


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– मकवानपुरमा मङ्सिर ४ गते हुने निर्वाचनका लागि खटिएका कर्मचारी आजबाट मतदान केन्द्रतर्फ प्रस्थान गर्न थालेका छन् । जिल्लाका विकट क्षेत्रमा रहेका केन्द्रमा आजदेखि नै कर्मचारी प्रस्थान गर्न थालेको निर्वाचन कार्यालयले जनाएको छ ।

‘हामी आज बिहानै तोकिएको मतदान केन्द्रतर्फ लाग्यौँ, सबै कर्मचारीलाई आजै मतदान केन्द्र पुग्न निर्देशन दिएको छु’, मकवानपुरको कैलाश-६ को मतदान केन्द्रमा खटिएका मतदान अधिकृत यमबहादुर बस्नेतले भने ।उत्तरी मकवानपुरको इन्द्रसरोवरको एक केन्द्रमा खटिएका मतदान अधिकृत मनोज गुप्ता पनि आजै मतदान केन्द्र प्रस्थान गर्ने तयारीमा रहेको जाँदैछन् । 

त्यस्तै पूर्वी मकवानपुरको बकैयाको श्रीपुर केन्द्रमा खटिएका सुन्दर बाँस्कोटाले पनि आजै तोकिएको केन्द्र पुगेर मतदान केन्द्रको व्यवस्थापन सुरु गर्ने बताए। मतदान प्रक्रियालाई सुरक्षित र भयरहित बनाउन भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज मङ्सिर १ गतेबाट ५ गतेसम्म जिल्लाभर मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नगर्न निर्देशन जारी गरेको छ । 

कार्यालयले एक सूचना जारी गर्दै ४ मङ्सिरमा हुने निर्वाचनलाई मध्यनजर गर्दै आजबाट मङ्सिर ५ गते दिउँसो १२ बजेसम्मका लागि मदिराजन्य पदार्थ ओसारप्रसार, बिक्री वितरण तथा सेवन पूर्णरूपमा प्रतिबन्ध लगाइएको जनाएको छ । यसैगरी कार्यालयले निर्वाचनको दिन मङ्सिर ४ गते बिहान ५ बजेदेखि मङ्सिर ५ गते बिहान ५ बजेसम्म तोकिएको अत्यावश्यक सेवा र अनुमतिप्राप्त सवारी साधनबाहेक सम्पूर्ण निजी तथा सार्वजनिक यातायातका साधन सञ्चालन गर्न रोक लगाइएको जनाएको छ । 

जिल्लाको एक सय ६५ वटा मतदानस्थलमा तीन सय ६४ मतदान केन्द्र छन् । तीन लाख सात सय ३३  मतदाता रहेको मकवानपुरमा दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । जिल्लाका तीन सय ६४ मतदान केन्द्रमध्ये  १९ वटा अतिसंवेदनशील र ६० केन्द्रलाई संवेदशील केन्द्रका रूपमा लिइएको छ  । तीन सय ६४ मतदान केन्द्रमा करिब तीन हजार कर्मचारी खटिने जनाइएको छ ।

मकवानपुर क्षेत्र नं १ मा एक लाख ५० हजार एक सय ५५ र मकवानपुर क्षेत्र नं २ मा एक लाख ५० हजार पाँच सय ७८ मतदाता रहेका छन् । जिल्लामा पाँच जना तेस्रोलिङ्गी मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  १ : २६ बजे

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता