डोटीमा प्रेम आलेले जित्ने विश्वास  « Khabarhub

डोटीमा प्रेम आलेले जित्ने विश्वास 


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दिपायल– कांग्रेसले विशेष जिम्मेवारीसहित डोटी खटाइएका पूर्वकेन्द्रीय सदस्य आनन्द विष्टले डोटीमा सत्ता गठबन्धनका उम्मेदवारको जित्ने विश्वास रहेको बताएका छन् । बिहीबार डोटीको जोरायलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता विष्टले लोकतन्त्रको रक्षाका लागि सत्ता गठबन्धनको जित आवश्यक भएकाले डोटीमा गठबन्धनका उम्मेदवारले जित्ने विश्वास व्यक्त गरे । 

‘विशेष परिस्थितिमा गठबन्धन बनेको हो। मुलुक अप्ठ्यारोमा गएको समयमा कांग्रेसलाई सत्तामा पुगाएर स्थिरता ल्याउन गठबन्धनका साझा उम्मेदवार प्रेम आलेजीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ,’ उनले भने, ‘कांग्रेस सत्तामा पुगेको कारण शान्तिपूर्ण रूपमा स्थानीय तहको निर्वाचन सम्पन्न भयो। अब आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पनि सम्पन्न हुँदै छ,’ नेता विष्टले बताए।

गठबन्धनले जिते फेरि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने र डोटीबाट गठबन्धनका उम्मेदवारलाई विजयी गराए विकास निर्माणका लागि आफूहरूले पनि दवाव दिनसक्ने विष्टले बताए।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  २ : ५० बजे

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि