अदुवा खेतीबाट मनग्य आम्दानी | Khabarhub Khabarhub

अदुवा खेतीबाट मनग्य आम्दानी


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

मुसिकोट- रुकुमपश्चिम त्रिवेणी गाउँपालिका पोखरीका शेरबहादुर खड्का यति बेला बारीमा लगाएको अदुवा खन्नमा व्यस्त छन् । व्यापारी घरमै अदुवा खरिद गर्न आउन थालेपछि उनलाई अदुवा खन्न भ्याइनभ्याइ भएको हो ।

उनको दैनिकी बारीमा अदुवा खन्ने र खनेको अदुवा केलाउनेमा बित्ने गरेको छ । उनले २० क्विन्टल अदुवाको बीउ लगाएका हुन्। अहिलेसम्म उनले ८० क्विन्टल अदुवा निकालेका छन् । उनले २० क्विन्टल अदुवा लगाएकोमा ८० क्विन्टल अदुवा फलेको हो । अदुवा खेती गर्न निकै सजिलो हुने भएकाले मकै छोडेर अदुवा खेतीमा आकर्षित भएको खड्काले बताए।

‘व्यापारीले तीन हजारमा एक क्विन्टल अदुवा घरमै पुगेर खरिद गर्ने गर्छन्, बजारको कुनै समस्या छैन’, खड्काले भने । किसानको घरमै व्यापारी पुगेर अदुवा खरिद गरिदिन्छन् । गाउँ–गाउँमा सडक पुगेको छ । व्यापारी ट्र्याक्टर लिएर अदुवा खरिद गर्न गाउँसम्मै पुग्ने गर्छन् ।

गाउँपालिकामा एउटा किसानले अदुवा बेचेर सिजनमा दुईदेखि पाँच लाखसम्म आम्दानी गर्ने गर्दछन् । पोखरी गाउँमा  ३२ घरपरिवारले व्यावसायिक रूपमा अदुवा खेती गरेका छन् ।

गाउँपालिकाको सिम्रुतु, खारा, झुल्नेटा, बाघखोर र नुवाकोट डाँडामा अदुवा सङ्कलन गरी जिल्ला बाहिर निर्यात हुने गर्दछ । जिल्लाको त्रिवेणी गाउँपालिका र चौरजहारी नगरपालिकाका केही वडामा राम्रो अदुवा उत्पादन हुने गर्छ । अदुवा बेचेरै गाउँमा करोडौँ रकम भित्रिने गरेको छ ।

जिल्लामा उत्पादन हुने अदुवाको मूल्य भने निर्धारण गरिएको छैन । व्यापारीले फरक–फरक मूल्यमा अदुवा खरिद गर्ने गरेका छन् । नुवाकोट, झुल्नेटा, पाखेरी, सिम्रुतुमा अदुवाको मूल्य फरक–फरक छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ३ : २६ बजे

भारतीय दूतावासमा यसरी मनाइयो स्वतन्त्रता दिवस (तस्बिरहरू)

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासमा स्वतन्त्रता दिवस मनाइएको छ। नेपालमा रहेका

भोजपुरका किसानलाई कोदो रोप्न चटारो

भोजपुर– यहाँका किसान कोदो रोप्नमा व्यस्त भएका छन् । यसअघि

हात्तीको आक्रमणबाट घाइते महिलाको मृत्यु

दमक– जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएकी झापाको दमक नगरपालिका–१

मुख्यमन्त्री बानियाँले गरे मन्त्रिपरिषद् विस्तार, प्रदेशसभाका पाँच सदस्य मन्त्रीमा सिफारिस

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन्

खुद नाफामा नबिल अब्बल, वितरणयोग्यमा ग्लोबल आइएमई (सूचीसहित)

काठमाडौँ – सञ्चालनमा रहेका २० वटै वाणिज्य बैङ्कले गत आर्थिक