अदुवा खेतीबाट मनग्य आम्दानी « Khabarhub

अदुवा खेतीबाट मनग्य आम्दानी


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

मुसिकोट- रुकुमपश्चिम त्रिवेणी गाउँपालिका पोखरीका शेरबहादुर खड्का यति बेला बारीमा लगाएको अदुवा खन्नमा व्यस्त छन् । व्यापारी घरमै अदुवा खरिद गर्न आउन थालेपछि उनलाई अदुवा खन्न भ्याइनभ्याइ भएको हो ।

उनको दैनिकी बारीमा अदुवा खन्ने र खनेको अदुवा केलाउनेमा बित्ने गरेको छ । उनले २० क्विन्टल अदुवाको बीउ लगाएका हुन्। अहिलेसम्म उनले ८० क्विन्टल अदुवा निकालेका छन् । उनले २० क्विन्टल अदुवा लगाएकोमा ८० क्विन्टल अदुवा फलेको हो । अदुवा खेती गर्न निकै सजिलो हुने भएकाले मकै छोडेर अदुवा खेतीमा आकर्षित भएको खड्काले बताए।

‘व्यापारीले तीन हजारमा एक क्विन्टल अदुवा घरमै पुगेर खरिद गर्ने गर्छन्, बजारको कुनै समस्या छैन’, खड्काले भने । किसानको घरमै व्यापारी पुगेर अदुवा खरिद गरिदिन्छन् । गाउँ–गाउँमा सडक पुगेको छ । व्यापारी ट्र्याक्टर लिएर अदुवा खरिद गर्न गाउँसम्मै पुग्ने गर्छन् ।

गाउँपालिकामा एउटा किसानले अदुवा बेचेर सिजनमा दुईदेखि पाँच लाखसम्म आम्दानी गर्ने गर्दछन् । पोखरी गाउँमा  ३२ घरपरिवारले व्यावसायिक रूपमा अदुवा खेती गरेका छन् ।

गाउँपालिकाको सिम्रुतु, खारा, झुल्नेटा, बाघखोर र नुवाकोट डाँडामा अदुवा सङ्कलन गरी जिल्ला बाहिर निर्यात हुने गर्दछ । जिल्लाको त्रिवेणी गाउँपालिका र चौरजहारी नगरपालिकाका केही वडामा राम्रो अदुवा उत्पादन हुने गर्छ । अदुवा बेचेरै गाउँमा करोडौँ रकम भित्रिने गरेको छ ।

जिल्लामा उत्पादन हुने अदुवाको मूल्य भने निर्धारण गरिएको छैन । व्यापारीले फरक–फरक मूल्यमा अदुवा खरिद गर्ने गरेका छन् । नुवाकोट, झुल्नेटा, पाखेरी, सिम्रुतुमा अदुवाको मूल्य फरक–फरक छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ३ : २६ बजे

रसुवा बाढीका कारण विद्युत क्षमतामा १० प्रतिशत प्रभावित

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल

रसुवा बाढीमा ४०३ पर्यटक बेपत्ता, अधिकांश विदेशी

काठमाडौं – रसुवामा बुधबार आएको विनाशकारी बाढीले पर्यटकमाझ ठूलो त्रास

रसुवा बाढीमा फेसका ११४ जनाको हवाई उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी : जलविद्युत आयोजनाका १३३ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजना

विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न निर्देशन

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाढीबाट भएको