हेटौँडा अस्पतालको सेवा विस्तार गरिने « Khabarhub

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई ध्यानमा राख्दै हेटौँडा अस्पतालको सेवा र उपचार क्षमता विस्तार गरिने बताएका छन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उनले अस्पतालमा क्याथल्याब, एमआरआई सेवा तथा शय्या विस्तारलाई प्राथमिकतामा राखिएको बताए।

मुख्यमन्त्री थापा मगरले अस्पतालमा दैनिक बिरामीको चाप बढ्दै गएको उल्लेख गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासनिक कार्यालय अन्य सरकारी भवनमा स्थानान्तरण गरी उक्त स्थानलाई उपचार तथा शय्या विस्तारमा प्रयोग गर्ने योजना रहेको जानकारी दिए ।

उनका अनुसार यसै वर्षदेखि मुटुरोग उपचारका लागि क्याथल्याब सञ्चालन गर्ने तयारी गरिएको छ । सेवा सञ्चालन भएपछि मकवानपुरसहित मधेस प्रदेश र आसपासका क्षेत्रका बिरामीलाई उपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यता कम हुने उनले बताए। 

अस्पतालमा एमआरआई सेवा थप गर्ने तथा आमा र शिशुको विशिष्टकृत उपचारका लागि आवश्यक पूर्वाधार तयार गर्ने कामसमेत अघि बढाइएको उनको भनाइ थियो ।

मुख्यमन्त्री थापा मगरले स्वास्थ्य क्षेत्रमा हाल विनियोजन भएको बजेट पर्याप्त नभएको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको बजेट बढाउने बताए। 
 

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ६ : ३१ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते