दाङका सबै क्षेत्रमा मुख्य दुई पक्षीय प्रतिष्पर्धा | Khabarhub Khabarhub

दाङका सबै क्षेत्रमा मुख्य दुई पक्षीय प्रतिष्पर्धा


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बुटवल– प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि दाङका तीन वटा निर्वाचन क्षेत्रमा मुख्य दुई पक्षीय प्रतिष्पर्धा देखिएको छ । सत्ता गठबन्धन र एमालेबीच नै मुख्य प्रतिष्पर्धा देखिएको हो ।
दाङ-१

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ-१ बाट सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका नेता मेटमणि चौधरी र एमालेबाट शान्ता चौधरी मुख्य प्रतिष्पर्धामा छन् । उनीहरू दुवैजना ०७४ को निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक सांसद थिए । यिनै दुईबीच अहिले मुख्य प्रतिष्पर्धा भइरहेको छ । 

निर्वाचन क्षेत्र नं.१ को ९१० बाट प्रदेशसभा सदस्यमा एमालेबाट गंगाराम भट्टराई, माओवादीबाट लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारू बीच प्रतिष्पर्धा रहेको छ । निर्वाचन क्षेत्र नं. १ को (२) मा कांग्रेसबाट अनुराग खड्का, एमालेबाट कुलबहादुर खत्री क्षेत्रीबीच प्रतिष्पर्धा रहेको छ । 

दाङ-२
प्रतिनिधिसभा सदस्यका लागि एमालेका तर्फबाट पार्टीका महासचिव एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेल र सत्तापक्षीय गठबन्धनको तर्फबाट माओवादीकी पोलिटब्यूरो सदस्य एवं पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्मा प्रमुख प्रतिष्पर्धी छन् । अपुरा कामलाई संघीय सरकारमार्फत पुरा गराउने र दाङका जनताको चाहनाअनुसार काम गर्ने पोखरेलले प्रतिबद्धता जनाएका छन् । ०७४ को निर्वाचनमा दाङ २ ९१० बाट उनी प्रदेशसभामा विजयी भएका थिए ।

पोखरेलको प्रतिस्पर्धामा संघीय सामान्य प्रशासन मन्त्री भैसकेकी रेखा शर्मा छिन् । दाङकी छोरी शर्मा यस क्षेत्रको विकासको योजनासहित मैदानमा आएकी छिन् । ०६४ र ०७४ को निर्वाचनमा समानुपातिक  सांसद बनेकी शर्मा यो निर्वाचनमा प्रत्यक्ष निर्वाचनमा उत्रिएकी हुन् । यी दुईमध्ये शंकर पोखरेल बलिया उम्मेदवार मानिएका छन् ।

यसैगरी निर्वाचन क्षेत्र नं. २ को १ बाट प्रदेशसभाका लागि एमालेबाट बलिभद्र राना र कांग्रेसबाट राजु खनालबीचमा प्रतिष्पर्धा रहेको छ । निर्वाचन क्षेत्र नं. २ को २ बाट प्रदेशसभाका लागि  एमालेका गिरिराज केसी, कांग्रेसका प्रचण्डविक्रम न्यौपाने बीचमा प्रतिष्पर्धा रहेको छ । 

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा घोराही र तुलसीपुरका अधिकांश वडा एमालेका उम्मेदवारले जितेका छन् । बङ्गलाचुली गाउँपालिकाको अधक्ष्य र उपाध्यक्ष गठबन्धनका उम्मेदवारले जितेका थिए ।  

दाङ–३
क्षेत्र नं. ३ मा  प्रतिनिधिसभा सदस्यका लागि एमालेका केन्द्रीय सदस्य कोमल ओली र सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीबीच प्रतिष्पर्धा हुने अवस्था छ । वली ०७४ सालमा राष्ट्रिय सभा सदस्यमा मनोनित भएकी थिइन् ।  गिरी पूर्व सिँचाइ मन्त्री हुन् ।

प्रदेशसभातर्फ ३(१) मा एमालेबाट घनश्याम पाण्डे, सत्तारुढ गठबन्धनबाट कांग्रेसका डिल्लीबहादुर चौधरीबीचमा प्रतिष्पर्धा हुने स्थिति छ । निर्वाचन क्षेत्र नं.(२) मा एमालेका हुकुमबहादुर बस्नेत र सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका धनबहादुर मास्कीबीचमा कडा प्रतिष्पर्धा रहेको मतदाताहरू बताउँछन् ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ४ : १७ बजे

नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ : प्रधानमन्त्री

ललितपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक

मनोहरा सुकुम्बासी बस्तीमा महानगरले चलायो डोजर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा बनेका घरहरू

कांग्रेस सबै जातजाति, भाषाभाषी एवं हरेक क्षेत्रका नागरिकको विश्वासको केन्द्र : देउवा

पाटन– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस

पकेट क्षेत्रमा आलु उत्पादन घट्यो

म्याग्दी– आलु उत्पादनको पकेट क्षेत्र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाँगी, राम्चे,

विकास समस्या समाधान समितिको बैठक : अर्थतन्त्र चलायमान गर्न ‘बिग पुस’ गर्नुपर्ने

काठमाडौं- मन्त्रालयस्तरको विकास समितिको बैठकमा अर्थतन्त्रलाई चलायमान बनाउन थप काम