दाङका सबै क्षेत्रमा मुख्य दुई पक्षीय प्रतिष्पर्धा « Khabarhub

दाङका सबै क्षेत्रमा मुख्य दुई पक्षीय प्रतिष्पर्धा


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बुटवल– प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि दाङका तीन वटा निर्वाचन क्षेत्रमा मुख्य दुई पक्षीय प्रतिष्पर्धा देखिएको छ । सत्ता गठबन्धन र एमालेबीच नै मुख्य प्रतिष्पर्धा देखिएको हो ।
दाङ-१

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ-१ बाट सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका नेता मेटमणि चौधरी र एमालेबाट शान्ता चौधरी मुख्य प्रतिष्पर्धामा छन् । उनीहरू दुवैजना ०७४ को निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक सांसद थिए । यिनै दुईबीच अहिले मुख्य प्रतिष्पर्धा भइरहेको छ । 

निर्वाचन क्षेत्र नं.१ को ९१० बाट प्रदेशसभा सदस्यमा एमालेबाट गंगाराम भट्टराई, माओवादीबाट लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारू बीच प्रतिष्पर्धा रहेको छ । निर्वाचन क्षेत्र नं. १ को (२) मा कांग्रेसबाट अनुराग खड्का, एमालेबाट कुलबहादुर खत्री क्षेत्रीबीच प्रतिष्पर्धा रहेको छ । 

दाङ-२
प्रतिनिधिसभा सदस्यका लागि एमालेका तर्फबाट पार्टीका महासचिव एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेल र सत्तापक्षीय गठबन्धनको तर्फबाट माओवादीकी पोलिटब्यूरो सदस्य एवं पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्मा प्रमुख प्रतिष्पर्धी छन् । अपुरा कामलाई संघीय सरकारमार्फत पुरा गराउने र दाङका जनताको चाहनाअनुसार काम गर्ने पोखरेलले प्रतिबद्धता जनाएका छन् । ०७४ को निर्वाचनमा दाङ २ ९१० बाट उनी प्रदेशसभामा विजयी भएका थिए ।

पोखरेलको प्रतिस्पर्धामा संघीय सामान्य प्रशासन मन्त्री भैसकेकी रेखा शर्मा छिन् । दाङकी छोरी शर्मा यस क्षेत्रको विकासको योजनासहित मैदानमा आएकी छिन् । ०६४ र ०७४ को निर्वाचनमा समानुपातिक  सांसद बनेकी शर्मा यो निर्वाचनमा प्रत्यक्ष निर्वाचनमा उत्रिएकी हुन् । यी दुईमध्ये शंकर पोखरेल बलिया उम्मेदवार मानिएका छन् ।

यसैगरी निर्वाचन क्षेत्र नं. २ को १ बाट प्रदेशसभाका लागि एमालेबाट बलिभद्र राना र कांग्रेसबाट राजु खनालबीचमा प्रतिष्पर्धा रहेको छ । निर्वाचन क्षेत्र नं. २ को २ बाट प्रदेशसभाका लागि  एमालेका गिरिराज केसी, कांग्रेसका प्रचण्डविक्रम न्यौपाने बीचमा प्रतिष्पर्धा रहेको छ । 

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा घोराही र तुलसीपुरका अधिकांश वडा एमालेका उम्मेदवारले जितेका छन् । बङ्गलाचुली गाउँपालिकाको अधक्ष्य र उपाध्यक्ष गठबन्धनका उम्मेदवारले जितेका थिए ।  

दाङ–३
क्षेत्र नं. ३ मा  प्रतिनिधिसभा सदस्यका लागि एमालेका केन्द्रीय सदस्य कोमल ओली र सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीबीच प्रतिष्पर्धा हुने अवस्था छ । वली ०७४ सालमा राष्ट्रिय सभा सदस्यमा मनोनित भएकी थिइन् ।  गिरी पूर्व सिँचाइ मन्त्री हुन् ।

प्रदेशसभातर्फ ३(१) मा एमालेबाट घनश्याम पाण्डे, सत्तारुढ गठबन्धनबाट कांग्रेसका डिल्लीबहादुर चौधरीबीचमा प्रतिष्पर्धा हुने स्थिति छ । निर्वाचन क्षेत्र नं.(२) मा एमालेका हुकुमबहादुर बस्नेत र सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका धनबहादुर मास्कीबीचमा कडा प्रतिष्पर्धा रहेको मतदाताहरू बताउँछन् ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ४ : १७ बजे

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट समूहका नेताको

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमाथि छलफल

काठमाडौँ-  सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे बस्ने बैठकमा आर्थिक

डोल्पामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

डोल्पा- डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य

जेष्ठ वर्ण महाविहारलाई युनेस्कोको अवार्ड

काठमाडौँ – भारत सरकारको अनुदान सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरस्थित ऐतिहासिक