अन्याय भए पनि कांग्रेसमै बसेर राजनीति गर्छु : पूर्व मन्त्री खड्का « Khabarhub

अन्याय भए पनि कांग्रेसमै बसेर राजनीति गर्छु : पूर्व मन्त्री खड्का


१ मंसिर २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका पूर्व भौतिक पू्र्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले अन्याय नै भए पनि आफूले कांग्रेसमा बसेर राजनीति गर्ने बताएका छन् । मंगलबार बर्खास्तीमा परेका खड्काले आज पत्रकार सम्मेलन गरी आफूलाई अन्यायपूर्ण तवरबाट बर्खास्त गरिएको बताए । बर्खास्तीबारे आफूसँग मुख्यमन्त्रीले कुनै सरसल्लाह नगर्नुभएको बताउँदै उहाँले सञ्चारमाध्यमबाट जानकारी पाएको बताए ।

टिकट नपाएकै कारण कांग्रेस नछाड्ने बताउँदै उनले आफूले अखण्ड नेपाल पार्टीलाई कांग्रेसमा समाहित गरेर आएको र पार्टीले सांसद, लेखा समिति सभापति, मन्त्री जस्ता जिम्मेवारी दिएको उल्लेख गरे ।

बर्खास्तीबारे मुख्यमन्त्रीसँग जवाफ खोज्ने बताउँदै उनले यो बर्खास्ती विन्दुकुमार थापा र मुख्यमन्त्रीसँग पछिल्लो समयमा चिसिएको सम्बन्ध कारण हुनसक्ने संकेत गरे।

आफूले उम्मेदवार विन्दुकुमार थापालाई असहयोग नगरेको तर थापाले आफूलाई निराधार आरोप लगाएको खड्काले बताए। आफू मन्त्री पदमा रहँदा साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै उनले यस अवधिमा यातायात क्षेत्र लगायतमा महत्वपूर्ण उपलब्धि हासिल भएको जिकिर गरे ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ५ : १५ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा