ओनसरीमा प्रधानमन्त्री बन्ने क्षमता छ : प्रचण्ड « Khabarhub

ओनसरीमा प्रधानमन्त्री बन्ने क्षमता छ : प्रचण्ड


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक रहेको टिप्पणी गरेका छन् ।  सत्ता गठबन्धनले काठमाडौंमा आयोजना गरेको चुनावी सभामा बोल्दै प्रचण्डले काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाकी उम्मेदवार रहेकी घर्तीलाई आफूले सानैदेखि चिनेको र उनमा प्रधानमन्त्री बन्ने दृढता रहेको बताए ।

मङ्सिर ४ गतेको चुनावलाई नेपाली नागरिकले प्रतिगमनलाई परास्त गर्ने अवसरको रूपमा लिनुपर्नेसमेत उनले बताए । अध्यक्ष प्रचण्डले केपी ओलीले संविधानमा हस्ताक्षर गरेर पनि संविधानको रक्षक र गणतन्त्रको पक्षधर हुन नसकेको आरोप लगाए ।

अध्यक्ष प्रचण्डले मङ्सिर ४ गतेको चुनावमा प्रतिगमनलाई परास्त गर्न सकिए देश विकास र समृद्धिको दिशामा अघि बढ्ने विश्वाससमेत व्यक्त गरे । उनले सत्तारूढ दलहरू प्रतिगामी शक्तिहरूलाई परास्त गरेर सबै शक्तिको साथ देशको समृद्धिको अभियानमा लाग्न प्रतिबद्ध रहेको पनि बताए ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ६ : ०३ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा