‘मधेसका मुद्दा सम्बोधन हुनुपर्छ’ « Khabarhub

‘मधेसका मुद्दा सम्बोधन हुनुपर्छ’


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले राज्यबाट सम्बोधन हुन बाँकी मधेसका समस्यालाई  आफूले निर्वाचनमा उठान गरेको बताएका छन् । महोत्तरी-३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ठाकुरले नागरिकताविहीन अवस्था आउन नदिन आफूले अनवरत प्रयास गरिरहेको बताए ।  

उनले भने, ‘हामीले संविधान लेखन र घोषणाकै बेलादेखि मधेस मुद्दा सम्बोधन भएन भनेर असहमति राख्दै आएका छौँ । यी मुद्दा पूर्ण सम्बोधन नहोउञ्जेल हाम्रो आन्दोलन जारी रहनेछ ।’ अध्यक्ष ठाकुरका अनुसार यसअघिको सरकारले नागरिकता समस्या सम्बोधनको प्रयत्न गरेको देखाए पनि यसभित्र कुटिल दलीय अहंकारको प्रवेशले समाधान हुन सकेन । आफ्नो दलले यो समस्या यथाशक्य चाँडो सम्बोधन होस् भन्ने चाहिरहेको उनको भनाइ छ । 

आफूले निर्वाचन अभियानका क्रममा आम मतदाताबाट उच्च समर्थन पाइरहेको हुँदा जीतमा संशय नरहेको उनको भनाइ छ । हालको पाँचदलीय सत्तागठबन्धनका उम्मेदवार ठाकुरका पक्षमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले समर्थन जनाएका छन् । 

महोत्तरी–३ मा यही मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि ९९ हजार नौ सय ३० मतदाता छन् । निर्वाचनमा प्रतिनिधिसभाका लागि यस क्षेत्रबाट तीन महिलासहित २१ उम्मेदवार छन् । यसमा स्वतन्त्रको सङ्ख्या १० छ । क्षेत्रभरिमा ७८ मतदानस्थलमा एक सय २९ मतदान केन्द्र रहेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ६ : ५८ बजे

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न