निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन महानिरीक्षक सिंहको निर्देशन « Khabarhub

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन महानिरीक्षक सिंहको निर्देशन


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरीले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गरी राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्न कटिबद्ध हुनुपर्ने बताएका छन् । 

बुधबार भर्चुअल भिडियो कन्फरेन्समार्फत् प्रदेश प्रहरी प्रमुख, प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रदेश तालिम केन्द्रका समादेशक, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख, जिल्ला प्रहरी प्रमुख र गण प्रमुखहरूलाई निर्वाचन लक्षित निर्देशन दिँदै यस्तो बताएका हुन् । 

उनले निर्वाचनको सुरक्षा चुनौतीहरूलाई मध्यनजर गरी थप सक्रिय भई निर्वाचन अनुकूल वातावरण बनाउने गरी काम गर्नसमेत निर्देशन दिए । महानिरीक्षक सिंहले प्रहरी कर्मचारीको व्यावसायिकतालाई व्यवहारमा समेत शतप्रतिशत लागू गर्नुपर्नेमा जोड दिए । औचित्य पुष्टि हुने गरी एवं कर्तव्यनिष्ठताको क्रममा गरिएका काम कारबाहीप्रति संगठनको सदैव साथ रहनेसमेत उनले बताए ।

भर्चुअल कन्फरेन्समा वरिष्ठ प्रहरी अधिकृतहरूका साथै प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ७ : २७ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको