‘निर्वाचनपछि गठबन्धनकै सरकार’ « Khabarhub

‘निर्वाचनपछि गठबन्धनकै सरकार’


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन चुनावपछि पनि रहने बताए । बागलुङमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए । 

अध्यक्ष केसीले अघिल्लो निर्वाचनमा नेकपा (एमाले) लाई सघाएर सरकारमा पठाउँदा संविधाननै खतरामा पारेपछि अहिले पाँच दल एक ठाउँ भएर उभिनु परेको स्पष्ट पारे । उनले भने, ‘केपी ओलीले संविधान र लोकतन्त्रलाई धरापमा पारे, यसले गर्दा हामीहरुले गठबन्धन निर्माण गर्‍यौँ, यो गठबन्धन चुनावपछि पनि रहिरहन्छ, नागरिकले बुझेका छन्, एमालेले देशलाई अधोगतितर्फ धकेल्यो ।’

अध्यक्ष केसीले एमालेले लोकतन्त्रलाई परास्त गर्न थालेको आरोप लगाए । एमालेले पटक/पटक संसद्लाई विघटन गरेर संविधानको मुन्टो निमोठ्न खोजेको आरोप लगाउँदै प्रतिगामीलाई ठेगान लगाउने बताए । गठबन्धनका सरकारले नागरिकको जनजिविकाको पक्षमा काम गर्ने उनले बताए।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ७ : ५९ बजे

यूएईविरुद्ध नेपालले गुमायो चौथो विकेट, २१ बलमा १७ रन जोडेका मल्ल आउट

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी

सबैलाई सँगै हिँडाएर अधिवेशनसम्म लैजान्छौँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अदालतको निर्णयले हार जीत

गैर कानुनी अभ्यास गर्ने अध्यागमनका दुई अधिकृतमाथि छानबिन जारी

काठमाडौं– अध्यागमन विभागले गैर कानुनी अभ्यास गर्ने दुई जना अधिकृतलाई जिम्मेवारीबाट

‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु

पर्वत– पर्वतको मोदी गाउँपालिकामा पहिलोपटक बोरिङमार्फत लिफ्ट खानेपानी आयोजना सुरु

विद्यार्थी र कर्मचारीका दलीय संगठन कुनै पनि हालतमा तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका