मतदान अधिकृतदेखि सहयोगीसम्म महिलामात्रै « Khabarhub

मतदान अधिकृतदेखि सहयोगीसम्म महिलामात्रै


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

देउखुरी – यही मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको निर्वाचनका लागि दाङको चार मतदानस्थलमा महिला कर्मचारीहरु मात्रै खटाइएको छ । मतदान अधिकृतदेखि सहयोगीसम्म महिलामात्रैलाई जिम्मेवारी दिइएको छ ।

घोराही–१८ मा रहेको आधारभूत विद्यालय बेलघारीको मतदान केन्द्र ९क०मा महिला कर्मचारीहरु मात्रै रहेका छन्। त्यहाँ मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी सबै महिला मात्रै रहेको निर्वाचन अधिकृत इन्दु बसेलले बताए। उनलाई सहयोग गर्न श्रृजना शर्मा, हेमन्ता थापा, विना शर्मा, सावित्रादेवी शर्मा, दीपसना बीसी, बालिका घिमिरे र गोमा मगर रहनुभएको छ । सो मतदान केन्द्रमा नौ सय ५२ मतदाता रहेका छन् ।

त्यसैगरी सोही विद्यालयको ९ख०केन्द्रमा उर्मिला तिमल्सिना मतदान अधिकृत रहेका छन् । उनलाई सहयोग गर्न कमला खड्का,अर्चना चौधरी, इन्दिरा विक, हिरा केसी, गोमा योगी, तिला विक र गीता चौधरी गरी आठ जना महिला कर्मचारी रहेका छन् । सो मतदान केन्द्रमा नौ सय ७३ मतदाता रहेका छन् ।

घोराही–१७ मा रहेको प्रवि हरिद्वारको (ग) मतदान केन्द्रमा खिमा भुसाल मतदान अधिकृत रहेका छन्। उनलाई सघाउन वसन्ती पौडेल, विपना बर्तौला, सम्झना कार्कीपरियार, कृतिसा रावत, श्रृजना भण्डारी, दिला केसी र सुमन चौधरी गरी आठ जना महिला कर्मचारी छन् । सो मतदान केन्द्रमा सात सय ४८ मतदाता रहेका छन् ।

सोही वडामा रहेको गोरक्षरत्ननाथ मावि चौघेराको (क) मतादान केन्द्रमा मोतिकुमारी विश्वकर्मा मतदान अधिकृत रहेका छन् । उनलाई सघाउन गुप्ताकुमारी अधिकारी, विश्णा नेपाली, अनिता बुढा, सरिता भण्डारी, मनिषा चौधरी, गोमा बस्नेत र पानमती कामी रहेका छन् । सो केन्द्रमा आठ सय १२ जना मतदाता रहेका छन् ।

दाङ जिल्लाको मुख्य मतदान अधिकृत कृपासुर कार्कीले महिलाहरु हरेक काममा सक्षम छन् भन्ने सन्देश दिने र यसप्रकारको प्रयासले समाजमा सकारात्मक सन्देश जाने बताए । उनले भने, ‘महिलाले मात्रै सञ्चालन गरेको नमुना मतदान स्थलले समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ जस्तो लाग्छ ।’

गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचन महिला मात्रैले हाकेको मतदान केन्द्र घोराही–१६ सानी अम्बापुर केन्द्रमा कर्मचारीदेखि सुरक्षाकर्मीसम्म महिलाले चलाएकाले सोही अभ्यासलाई निरन्तरता दिएको गोरक्षरत्ननाथ मावि चौघेराको (क) मतदान केन्द्रका मतदान अधिकृत मोती विश्वकर्माले बताएइन् । दाङमा एक सय ५३ मतदान स्थल र चार सय ६५ मतदान केन्द्र रहेका छन् । चार लाख १४ हजार नौ सय ५६ जना मतदाता रहेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ८ : २६ बजे

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर– कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई

मनसुनी वायुको प्रभाव कायमै, विभिन्न भूभागमा वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

बदलिँदो युगमा नेपालले पहिल्याउनुपर्ने अबको कूटनीतिक बाटो

हालै मैले बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले गत २२ देखि २६

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट