संसद् जोगाउनका लागि गठबन्धन निर्माण भएको हो : गगन थापा « Khabarhub

संसद् जोगाउनका लागि गठबन्धन निर्माण भएको हो : गगन थापा


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद् जोगाउनका लागि गठबन्धन निर्माण भएको बताएका छन् । लोकतान्त्रिक वाम गठबन्धन काठमाडौँ क्षेत्र नं ५ ले आज चक्रपथमा आयोजना गरेको बृहत् चुनावीसभालाई सम्बोधन गर्दै उनले अघिल्लो सरकारले दुई पटकसम्म संसद विघटन गरेर लोकतन्त्रलाई धरापमा पारेको आरोप लगाए ।

‘विगत पाँच वर्षमा दुई तिहाइ बहुमत प्राप्त गरेको कम्युनिष्ट सरकारले संसद् विघटन गरेकाले सिङ्गो देशको विकासमा असर प¥यो, संविधानको रक्षा गर्दै संसद् जोगाउनका लागि गठबन्धन निर्माण भएको हो’, उनले भने।

महामन्त्री थापाले जनतामा राजनीतिक दलले गरेका कार्यप्रति वितृष्णा बढ्दै गएको बताउँदै त्यसलाई बदल्ने गरी अगाडि बढ्नका लागि संसद्मा कांग्रेसका युवा उम्मेदवार प्रदीप पौडेलको खाँचो रहेको औँल्याए । उनले आगामी पाँच वर्ष कांग्रेस नेतृत्वको गठबन्धनले खेर नफाल्ने बताए ।

लोकतान्त्रिक वाम गठबन्धनकोतर्फबाट काठमाडौँ क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका कांग्रेस नेता प्रदीप पौडेलले राजनीतिभित्रको विकृति अन्त्य गर्दै काठमाडौँ क्षेत्र नं ५ को विकासका लागि आफूले उम्मेदवारी दिएको बताए ।

‘काठमाडौँ क्षेत्र नं ५ मा थुप्रै समस्या छन्, तर सात किलोमिटर बाटो कालोपत्र गर्ने मुद्दा लिएर जनप्रतिनिधि भोट माग्न हिँड्दैछन्, त्यस क्षेत्रको सबै समस्या समाधान गर्ने मेरो दायित्व हुनेछ’, उनले भने । काठमाडौँ क्षेत्र नं ५ लाई सांस्कृतिक सहरका रुपमा विकास गरिने उनको भनाइ छ ।

नेता पौडेलले राजधानी र राजनीतिलाई सफा गर्नका लागि आफू उम्मेदवार बनेको स्पष्ट पारे । राजधानीको दिगो र व्यवस्थित मार्गचित्र बनाउने आफ्नो योजना रहेको उनको भनाइ थियो ।

काठमाडौँ क्षेत्र नं ५ प्रदेशसभा (१) का उम्मेदवार भैरव सापकोटा र प्रदेशसभा (२)का उम्मेवार श्यामबहादुर खड्काले संविधानको रक्षा गर्दै काठमाडौँ क्षेत्र नं ५ को समग्र विकासका लागि गठबन्धनलाई भोट दिन मतदातालाई आग्रह गरे ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ८ : ३६ बजे

यूएईविरुद्ध नेपालको छैठौँ विकेट गुम्यो, सात बलमा एक रन बनाएका झा आउट

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी

ओली-लेखक नछाडे प्रधानमन्त्रीलाई नै गोली हान्छु भन्ने‍ साजन पक्राउ परे

काठमाडौं- गत भदौको जेन-जी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका

प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएको आरोपमा एक जना पक्राउ

काठमाडौं- प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएको आरोपमा एक

जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जितगढी किल्लालाई राष्ट्रिय

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिद्वारा संसद्को नयाँ नियमावली तयार

काठमाडौं– प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले संसद्को नयाँ नियमावली तयार गरेको