निर्वाचनलाई अवसरका रूपमा सदुपयोग गरौं : राजेन्द्र लिङ्देन « Khabarhub

निर्वाचनलाई अवसरका रूपमा सदुपयोग गरौं : राजेन्द्र लिङ्देन


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई केवल आवधिक निर्वाचनको रुपमा मात्रै नभइ विगतका त्रुटी कमीकमजोरी सच्याउने अवसरको रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।

निर्वाचन प्रचारप्रसारको मौन अवधि सुरु हुनु केही घण्टाअघि आम मतदातालाई सम्बोधन गरी जारी गरिएको भिडियो सन्देशमा अध्यक्ष लिङ्देनले सो कुरा व्यक्त गरेका हुन् ।

अध्यक्ष लिङ्देनले हाम्रै जीवनकालमा समृद्ध नेपाल बनाउने र नेपाल बनेको हेरेर मर्ने आमचाहना परिपूर्ति गर्ने संकल्पका साथ राप्रपा निर्वाचनमा होमिएको बताएका छन् । लिङ्देनले राष्ट्रिय राजनीतिमा राप्रपा नवीन सोच र दृष्टिकोणका साथ जनताको माझमा आएकाले आफ्नो पार्टीका प्रतिनिधिसभा र प्रदेश सभाका उमेदवारलाई मत दिइ बिजयी गराउन आम मतदातालाई अपील समेत गरेका छन् ।

यसैगरी अध्यक्ष लिङ्देनले अर्को भिडियो सन्देश मार्फत जीवनमा पहिलोपटक भोट हाल्न तम्तयार लाखौं नवयुवा र युवालाई आगामी निर्वाचनलाई देशको भाग्य र भविष्य बदल्ने निर्वाचनको रुपमा सदुपयोग गर्न आग्रह गरेका छन् । अध्यक्ष लिङ्देन झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका उमेदवारसमेत छन् ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ८ : ५१ बजे

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा