समानुपातिक उम्मेदवारहरूलाई परिचय पत्र दिइने « Khabarhub

समानुपातिक उम्मेदवारहरूलाई परिचय पत्र दिइने


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनतर्फका समानुपातिक उम्मेदवारलाई परिचय पत्र दिइने भएको छ ।

प्रदेश तथा प्रतिनिधि सभाका समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारहरूलाई परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको निर्वाचन आयोगले जनाएको हो ।

समानुपातिकतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारहरूले परिचयपत्र माग्न आएमा उनीहरूलाई परिचय पत्र दिइने आयोगले जनाएको छ ।

परिचय पत्र माग्न आएका समानुपातिकतर्फका उम्मेदवारलाई प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले आफ्नो कार्यालयबाट जारी हुने परिचयपत्र बमोजिमको विवरणसहित तोकिएको ढाँचामा परिचय पत्र उपलब्ध गराउन मातहतका कार्यालयलाई निर्देशन दिएको समेत जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ९ : ०१ बजे

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न