युवाको आक्रोशलाई राजनीतिक दलले संवोधन गर्नुपर्छ : बाबुराम भट्टराई « Khabarhub

युवाको आक्रोशलाई राजनीतिक दलले संवोधन गर्नुपर्छ : बाबुराम भट्टराई


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले युवाको आक्रोशलाई राजनीतिक दलले संवोधन गर्नुपर्ने बताएका छन् । लोकतान्त्रिक वाम गठबन्धन काठमाडौँ क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको ‘बृहत् आमसभा’लाई सम्बोधन गर्दै उनले राजनीतिक दलप्रति युवा पङ्क्तिमा आक्रोश देखिएकाले यसलाई राजनीतिक दलले संवोधन गर्नुपर्ने बताएका हुन्।

‘संविधान निर्माणपछि युवामा धेरै आकाङ्क्षा थियो, त्यो आकाङ्क्षालाई राजनीतिक दलले पूरा गर्न सकेनन्, अहिले युवामा आक्रोश देखिएको छ’ उनले भने । पूर्वप्रधानमन्त्री डा भट्टराईले गठबन्धनले बेरोजगारको अन्त्य गर्दै देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने बर्ता ।

कांग्रेस नेता एवं पूर्वकानूनमन्त्री नरहरि आचार्यले देशको विभिन्न आन्दोलनको नेतृत्व गरेको कांग्रेस नेतृत्वको गठबन्धनले मात्र देशको विकास गर्नसक्ने बतए । पूर्वमन्त्री आचार्यले कांग्रेसले सबै राजनीतिक दललाई समन्वय गर्दै अगाडी बढ्ने हैसियत राखेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य कल्पना शर्मा, नेकपा (एकीकृत समाजवादी)का नेता एवम् निर्वाचन परिचालन समितिका संयोजक दिपक केसीलगायतले संविधानको रक्षा र मुलुकको विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजय गराउन आग्रह गरे ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ९ : ३७ बजे

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न