सामाजिक सञ्जाल नचलाएर संसार जितेका धनाढ्य « Khabarhub

सामाजिक सञ्जाल नचलाएर संसार जितेका धनाढ्य

एलन मस्कलाई उछिनेर पहिलो बनेका धनाढ्य बनार्ड अर्नोउको कथा



काठमाडौँ – टेस्ला कम्पनीका मालिक एलन मस्कलाई पछि पार्दै फ्रान्सको विलासी पहिरन कम्पनी लुई भुइतोँका मालिक बर्ना अर्नोउ संसारकै सबैभन्दा धनाढ्य बनेका छन् । ब्लुम्बर्गको धनाढ्यहरुको सूचीअनुसार अर्नोउको कूल सम्पत्ति १ खर्ब ६५ अर्ब अमेरिकी डलर रहेको छ भने मस्कको सम्पत्ति १ खर्ब ६१ अर्ब छ । तेस्रो स्थानका भारतीय धनाढ्य गौतम अडानीको सम्पत्ति १ खर्ब २५ अर्ब रहेको छ । यससँगै अर्नोउ संसारकै सबैभन्दा धनाढ्यको सूचीको शीर्ष स्थानमा पुग्ने पहिलो युरोपेली बनेका छन् ।

केही समयअघि ४४ अर्ब डलरमा सामाजिक सञ्जाल ट्विटर खरिद गरेका मस्कको सम्पत्ति घट्दै गएको बताइएको छ । ब्लूम्बर्गका अनुसार मस्कले यो वर्षमात्रै १ खर्ब १० अर्ब अमेरिकी डलर गुमाइसकेका छन् । मस्कको तुलनामा अर्नोउले भने यो वर्ष केबल १३ खर्ब डलर गुमाएका छन् ।

धनाढ्यहरुको स्वामित्वमा रहेको कम्पनीको सेयर मूल्यका आधारमा सम्पत्तिको मूल्यांकन हुने भएकाले धनाढ्यहरुको सूचीमा फेरबदल हुने गरेको छ । मस्कको स्वामित्वमा रहेको टेस्ला कम्पनीको सेयर यस वर्ष ५४ प्रतिशतले घटेको अमेरिकी टेलिभिजन च्यानल सीएनएनको अनलाइन संस्करणले जनाएको छ ।

यद्यपि युरोप र अमेरिकी महादेशमा विलासी पहिरनको बजार भने तुलनात्मक रुपमा स्थीर रहेका कारण सोहीअनुसार लुई भुइतोँको सेयर पनि स्थीर रहेको बताइएको छ । हाल लुई भुइतोँ कम्पनीको बजार मूल्य ३ खर्ब ६२ अर्ब ४० करोड युरो अर्थात् ३ खर्ब ८६ अर्ब अमेरिकी डलर छ ।

सन् १९४९ मा उत्तरी फ्रान्सको रुबेमा जन्मेका अर्नोउले राजधानी पेरिसको निकै मानिने इकोल पोलिटेक्निकमा अध्ययन गरेका थिए । उनको व्यापारिक करिअर भने आफ्नै परिवारको स्वामित्वमा रहेको फेरेट साभिनेल नामक निर्माण कम्पनीबाट सुरु भएको बताइन्छ । उनी सन् १९७८ मा उक्त कम्पनीको अध्यक्षसमेत भएका थिए ।

सन् १९८४ मा टाट पल्टिसकेको बुसा सा फ्रेरेज कम्पनी खरिद गरी उनले पहिरन व्यवसायमा हात हालेका थिए । पछि सन् १९८९ मा उनले लुई भुइतोँ कम्पनी खरिद गरेका थिए । त्यसयता उनी उक्त कम्पनीको अध्यक्ष र प्रमुख कार्यकारी रहँदै आएका छन् ।

लुई भुइतोँ कम्पनीले हाल स्याम्पेन, वाइन, फेसन, छालाका पहिरन, घडी, गहना, अत्तरजस्ता विलासी सामानको उत्पादन गर्दै आएको छ । विश्वभर यस कम्पनीका ५ हजार ५ सयभन्दा धेरै बिक्रीकेन्द्रहरु रहेका छन् । सन् १९९२ मा उनले चीनको राजधानी बेइजिङमा लुई भुइतोँको शाखा खोलेका थिए ।

दान एवम् परोपकारी गतिविधिमा पनि उनी उत्तिकै सक्रिय रहँदै आएका छन् । पेरिसमा रहेको नोट्रडाम गिर्जाघरको मर्मतका लागि उनले सन् २०१९ मा २१ करोड २० लाख डलरभन्दा धेरै सहयोग प्रदान गरेका थिए । उनका सबै ५ सन्तान हाल उक्त कम्पनीमा नै विभिन्न पदमा कार्यरत रहेका छन् ।

निकै लामो समयदेखि युरोपको सबैभन्दा धनाढ्य रहेपनि उनले आफूलाई सधैँ ‘लो प्रोफाइल’ मा राख्दै आएका छन् । उनी कुनै पनि सामाजिक सञ्जालमा सक्रिय देखिँदैनन् । खानपानमा विशेष ध्यान दिन रुचाउने उनी टेनिस खेलका पारखी हुन् ।

यसबाहेक उनले विभिन्न कलाहरु पनि सङ्ग्रह गरेर राखेका छन् । सन् २०१४ मा पेरिसमा उनले कला संग्रहका लागि फोन्डेसन लुई भुइतोँ नामक निजी कला संग्रहालय खोलेका थिए ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ९ : ५४ बजे

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३