मौसमका कारण हुम्लाका यात्रुलाई टिकट पाउनै सास्ती | Khabarhub Khabarhub

मौसमका कारण हुम्लाका यात्रुलाई टिकट पाउनै सास्ती


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – हुम्लाको माथिल्लो क्षेत्रका यात्रुलाई हवाईजहाजको टिकट पाउनै सास्ती भएको छ। नेपालगन्जमा लाग्ने बाक्लो हुस्सुको कारण सिमकोटबाट उडान घटेको हो।

तीन दिन अगाडिदेखि नेपालगञ्ज जाने तयारी गरिरहेका रामबहादुर बोहराले टिकट नपाएको बताए । श्रीमतीको स्वास्थ्य परीक्षणका लागि उनको दम्पत्ती नेपालगन्ज जान लागेको हो। उनले तीन दिनदेखि एयरलाइन्सका कार्यालयमा दैनिक धाए पनि टिकट नपाएको बताए।

उनीजस्ता यात्रु दुई सयभन्दा छन् । समिट एयर सिमकोटका इन्चार्ज गोविन्द लामाले नेपालगञ्जमा चार दिनदेखि बिहानैबाट दिउँसो १२ बजेसम्म हुस्सु लागेर कम उडान हुँदा यात्रुलाई टिकटको समस्या भएको हो।

बिहीबार नेपालगञ्जमा लागेको हुस्सुको कारण सिमकोबाट कुनै उडान हुन सकेको थिएन। शुक्रबार पनि ढिलो गरेर तारा र समिटले उडान भरेका थिए। हुम्लामा चिसो हुने हुँदा माथिल्लो हुम्लाका स्थानीय तराईमा जाडो छल्न जाने गर्छन्।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  १२ : ०४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’