लुम्बिनीमा दुई महिनामा ६१ लाख दान « Khabarhub

लुम्बिनीमा दुई महिनामा ६१ लाख दान


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

बुटवल – गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दान बापत दुई महिनामा ६१ लाख २० हजार ८०६ रुपैयाँ संकलन भएको छ।

लुम्बिनी विकास कोषले पाँच दिन लगाएर शुक्रबार सकाएको दानपेटीकाको भेटी गणनामा उक्त रकम संकलन भएको पाएको हो। आन्तरिक र बाह्य पर्यटकको संख्या वृद्धि भएसँगै मायादेवी मन्दिरमा राखिएका दानपेटिका छिट्टै भरिन थालेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए।

अघिल्लोपटक तीन महिनामा एक पटक गणना गरिएकोमा यस पटक दानपात्र छिट्टै भरिएकाले दुई महिना नपुग्दै गणना सुरु गरिएको हो। गत ३० असोज गरिएको भेटिगणनामा २७ लाख १८ हजार दानबापत रकम संकलन भएको थियो। कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्र बिस्तारै चलायमान हुन थालेपछि लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि हुन थालेको छ।

अहिले लुम्बिनी भ्रमणको सिजन समेत सुरु भएकाले छिमेकी देश भारतसहित थाइल्यान्ड, म्यानमार, भियतनाम र यूरोपबाट समेत दर्शनर्थी आउने क्रम बढेको कोषाध्यक्ष भट्टराईले बताए। लुम्बिनी विकास कोषको सुचना शाखाका अनुसार नोभेम्बर महिनामा मात्रै आन्तरिक अर्थात् नेपालीले ८२ हजार २०५ जनाले भ्रमण गरेका छन्।

यस्तै, नोभेम्बर महिनामा मात्रै भारतबाट ३८ हजार ६८९, अन्य मुलुकबाट सात हजार ४७३ जनाले लुम्बिनीमा पाइला टेकेका छन्। नोभेम्बर महिनासम्म पाँच लाख ४५ हजार नेपालीले लुम्बिनी भ्रमण गरेकोमा भारतबाट एक लाख ८८ हजार पर्यटक भित्रिएको सूचना शाखाको तथ्यांकमा उल्लेख छ। भियतनाम, म्यानमार, थाइल्याण्ड, श्रीलंका लगायतका ८४ मुलुकबाट एक लाख ८१ हजारले लुम्बिनी भ्रमण गरेका छन्।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  १२ : २४ बजे

मध्यपूर्व तनावमा ७८७ बढीको मृत्यु

वासिङ्टन – अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ – आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन

मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन

खाडी क्षेत्रमा अलपत्र नेपालीको उद्धारका लागि के गर्दैछ परराष्ट्र मन्त्रालय ?

काठमाडौँ – मध्यपूर्वमा विकसित परिस्थितिमा अलपत्र नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालयले

निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण