पुटिन र मोदीबीच टेलिफोन वार्ता « Khabarhub

पुटिन र मोदीबीच टेलिफोन वार्ता


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । वार्तामा पारस्परिक र विश्वव्यापी हितका विविध विषयमा छलफल भएको थियो ।

टेलिफोन वार्तामा दुई नेताबीच युक्रेन युद्धबारे पनि छलफल भएको बताइएको छ । युद्ध अन्त्य गर्न प्रधानमन्त्री मोदीले वार्ता र कूटनीतिलाई जोड दिएको भारतीय प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

फेब्रुवरी २४ देखि सुरु भएको रुस–युक्रेन युद्धले खाद्यान्न र इन्धन संकट निम्त्याएको छ । वार्तामा मोदी र पुटिनले ऊर्जा, व्यापार र लगानी, रक्षा सहयोगका क्षेत्रमा द्विपक्षीय सम्बन्धको समीक्षा गरेका थिए ।

प्रधानमन्त्री मोदीले पुटिनलाई भारतको प्रमुख प्राथमिकताहरू प्रकाश पार्दै जी २० मा भारतको अध्यक्षताबारे जानकारी गराएका थिए ।

हालै हरेक वर्ष आयोजना हुने भारत–रुस शिखर सम्मेलन रद्द गरिएको थियो । गत वर्ष डिसेम्बरमा पुटिनले आफ्नो पश्चिमी छिमेकी युक्रेनमा युद्ध छेड्नु केही हप्ता अघि भारतको भ्रमण गरेका थिए ।

सेप्टेम्बरमा उज्बेकिस्तानमा आयोजित क्षेत्रीय सुरक्षा शिखर सम्मेलनको साइडलाइनमा पनि दुई नेताबीच भेट भएको थियो । यस वर्ष युक्रेनमा रुसी आक्रमणको विषयसहित धेरै पटक दुई नेताबीच छलफल भएको छ ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ४ : ३४ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान