भारतीय नागरिकको हत्या गरेको आरोपमा ७ जना पक्राउ « Khabarhub

भारतीय नागरिकको हत्या गरेको आरोपमा ७ जना पक्राउ


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बुटवल– बुटवलमा एक जना पुरूषको हत्या गरेको आरोपमा सात जना पक्राउ परेका छन् । चोरेको बदाम र चकलेट फिर्ता माग्दा एक भारतीय नागरिकको हत्या गरिएको हो ।

बुटवल उपमहानगरपालिका-९ बस्ने भारत घर भएका ५५ वर्षीय अजय सोनीको धारिलो हतियार प्रहार गरी हत्या भएकोमा शुक्रबार साँझ प्रहरीले हत्या आरोपमा सात जनालाई पक्राउ गरेको छ 

उनको हत्या गरेको आरोपमा प्रहरीले बुटवल-८ राजमार्ग चौराहामा मागेर हिँड्ने २९ वर्षीय कृष्ण सिँजाली मगर लगायत सात जनालाई पक्राउ गरेको हो । 

आफ्नो ठेलामा रहेको बदाम र चकलेट उनीहरूले चोरी गरी लगेको भन्दै सामान फिर्ता माग्न जाँदा अजयलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए । 

उक्त खबर पाएपछि वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल पठाएको थियो । त्यहीँ उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ६ : ०८ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको