‘पाँच वर्षमा जुम्लाबाट दुर्गम जिल्लाको ‘ट्याग’ हटाउँछौँ’ | Khabarhub Khabarhub

जुम्लाका युवा सांसदको एउटै स्वरः

‘पाँच वर्षमा जुम्लाबाट दुर्गम जिल्लाको ‘ट्याग’ हटाउँछौँ’

काठमाडौँमा जुम्लाका नवनिर्वाचित सांसदलाई बधाई तथा छलफल कार्यक्रम


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : जुम्लाका युवा सांसद्ले पाँच वर्षमा जुम्लाबाट दुर्गम जिल्लाको ‘ट्याग’ हटाउने घोषणा गरेका छन् । काठमाडौँमा जुम्लाका नागरिक समाजले आयोजना गरेको बधाईज्ञापन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै जुम्लाबाट निर्वाचित युवा सांसदद्धय ज्ञानेन्द्र शाही र विनिता कठायतले जुम्लाको अगाडि सँधै लागिरहने दुर्गम जिल्लाको ‘ट्याग’ पाँच वर्षमा हटाउने घोषणा गरेका हुन् ।

यसका लागि आफूहरुले मेहनतका साथ काम र पहल गर्ने पनि उनीहरुको भनाई छ । जुम्ला र कर्णालीका सबै नागरिकको साथ पाएको खण्डमा कर्णाली तथा जुम्लालाई सभ्यताको प्रदेश तथा जिल्ला बनाउने भन्दै दुर्गम जिल्लाका रुपमा सँधै पछाडि पार्ने विभेद अब स्वीकार्य नहुने उनीहरुको चेतावनी छ ।

‘कर्णाली र जुम्ला सभ्यता हुन् । भाषा र संस्कृतिका सभ्यता हुन् । यिनको संरक्षण जरुरी छ’ कार्यक्रममा प्रतिनिधिसभा सांसद बनेका शाहीले भने, ‘अब कर्णाली दुर्गम हो । जुम्ला झन् दुर्गम मात्रै हो भन्ने शब्द राखिरहनु हुँदैन । पाँच वर्षमा तपाईहरु सबैको साथ भयो भने जुम्लाको अगाडि लागिरहने दुर्गम ‘ट्याग’ हटाउनेछौँ ।’

शाही राप्रपाबाट प्रत्यक्ष निर्वाचित जुम्लाका सांसद हुन् भने कठायत राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित समानुपातिक सांसद हुन् ।

कार्यक्रममा युवा सांसद विनिता कठायतले अब दलीय राजनीतिक र संरक्षण भन्दा साझा प्रतिनिधि भएर जुम्लाको विकासको लागि काम गर्नुपर्ने बताइन् । जुम्लालाई सँधै दुर्गम बनाइराख्ने भन्दा पाँच वर्षमा विकासको नयाँ मोडल पेश गर्ने गरि काम गर्नका लागि उनले सांसद्लाई आग्रह समेत गरेकी थिइन् ।

यस्तै कार्यक्रममा सांसद् कान्तिका सेजुवालले पनि जुम्लाको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिइन् । सबैको साथ सहयोग भएमा जुम्लाको विकासमा नयाँ आयाम थप्न सकिने उनले बताइन् । कार्यक्रममा जुम्लाबाट निर्वाचित सांसद छिरिङ लामा, टेकराज पछाई र देबेन्द्र शाहीले पनि आफ्नो धारणा राखेका थिए ।

कार्यक्रम लेखक तथा जुम्ला नागरिक समाजका अगुवा माधव चौलागाइ र मनऋषि धिताल लगायतले आयोजना गरेका थिए ।

ललितपुरको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा काठमाडौँमा रहेका जुम्लाका विभिन्न पेशाकर्मी, पत्रकार, कलाकार, समाजसेवी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ७ : ३६ बजे

रास्वपा उम्मेदवार डा. थापाले सार्वजनिक गरे वैवाहिक सम्बन्ध विच्छेदको कागज

काठमाडौं – बहुविवाहको विषयमा विवाद चर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

कोशी किनारमा पर्यटनको सम्भावना : सरकार उदासीन हुँदा सम्झौता बाधक

सुनसरी- सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित सप्तकोशी किनार धार्मिक पर्यटन, जल पर्यटन,

महाकाली नदीको कटानले बस्ती जोखिममा

कञ्चनपुर– महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका– १० स्थित कुतियाकवर

सागर डिष्टिलरीले भदौ २५ गते आईपीओ निष्काशन गर्ने

काठमाडौं – सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ)

डुबानले धानखेती नष्ट भएपछि सिँघाराखेती गर्दै किसान

महोत्तरी– गत साउनमा आएको वर्षापछिको डुबानले धानखेती नष्ट भएपछि जलेश्वर