भारतमा ड्रोनमार्फत् दुर्गम क्षेत्रमा औषधि पुर्‍याइयो « Khabarhub

भारतमा ड्रोनमार्फत् दुर्गम क्षेत्रमा औषधि पुर्‍याइयो


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वोत्तर भारतको मेघालय राज्यस्थित दुर्गम क्षेत्रमा पहिलो पटक चालकरहित हवाई उपकरण ‘ड्रोन’ मार्फत् औषधि पुर्‍याइएको छ । मेघालयको पश्चिम खासी हिल जिल्लाको सदरमुकामबाट २५ किलोमिटर टाढा रहेको स्वास्थ्य केन्द्रमा ड्रोनको माध्यमबाट औषधि पुर्‍याइएको हो ।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका दुर्गम क्षेत्रका जनताको सुविधाका लागि ड्रोनमार्फत् औषधि पुर्‍याइएको राज्यका मुख्यमन्त्री कोनराड के सङ्माले जनाएका छन् ।

राष्ट्रिय स्वास्थ्य नियोगको सहकार्यमा भारतीय कम्पनी टेकइगलले औषधि पुर्‍याउन ड्रोन उत्पादन गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यसअघि दक्षिण भारतको तेलङ्गाना राज्यको विकरावाद जिल्लामा पनि ड्रोनमार्फत् १२ किलोग्राम औषधि एवम् खोप पुर्‍याइएको थियो । छोटो समयमा लामो दूरी तय गर्न सक्ने एवम् पहाडी इलाकामा पनि सजिलै उडान भर्न सक्ने भएकाले औषधि पुर्‍याउन ड्रोनको प्रयोग गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ९ : १५ बजे

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

‘मर्स्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन’

काठमाडौं– मनाङको चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिए