गठबन्धनभित्रबाट सरकार गठनको गृहकार्य भइरहेको छ : बेदुराम भुसाल « Khabarhub

गठबन्धनभित्रबाट सरकार गठनको गृहकार्य भइरहेको छ : बेदुराम भुसाल


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का महासचिव डा बेदुराम भुसालले लोकतान्त्रिक–वाम गठबन्धनकै नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी)को काठमाडौँ निर्वाचन क्षेत्र नं ९ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा महासचिव भुसालले निर्वाचन आयोगले परिणाम राष्ट्र प्रमुखलाई बुझाएपछिको अवस्थामा संवैधानिक व्यवस्थाअनुसार एक महिनाभित्रमा सरकार गठन गर्नुपर्ने बताउँदै त्यसका लागि गठबन्धनभित्र गृहकार्यका साथै छलफल भइरहेको बताए ।

कम्युनिष्ट पार्टीलाई परिणाममुखी बनाउन लाग्नुपर्ने बताउँदै उनले पार्टीले देशभर सङ्गठन बिस्तार गर्दै गतिशील बनाउनुपर्नेमा जोड दिए । निर्वाचनमा पार्टीको काममा निरन्तर खटेका नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै उनले निर्वाचन परिणामबाट हतोत्साहित नहुन आग्रह गरे ।

पार्टीको शक्तिलाई पुनःगठित गरी आगामी चुनावको तयारीमा थप उत्साह र आशाका साथ अहिलेदेखि क्रियाशील हुन कार्यकर्तालाई उहाँले निर्देशन दिए ।

काठमाडौँ जिल्ला अध्यक्ष एलपी श्रेष्ठ, पार्टीका केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठ, अनुशासन आयोगका केन्द्रीय सदस्य सीताराम नेपाललगायतले चुनावी समीक्षा गर्दै आगामी दिनमा सशक्त कार्यक्रम सञ्चालन गर्नुपर्ने विचार व्यक्त गरे ।

विभिन्न जनवर्गीय सङ्गठनका प्रतिनिधि रहेको कार्यक्रममा नेवारी बाजाको संरक्षणमा लागेका स्रष्टा अर्जुन डङ्गोललाई सम्मान गरिएको थियो । उहाँले नेवारी संस्कृतिअन्तर्गत बाँसुरी, मादल, धिमे, डम्फु, खिं, नगरालगायत परम्परागत नेवारी बाजाहरुको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  १० : ५५ बजे

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि

एकैदिन छापियो ५ हजारभन्दा बढी ई-पासपोर्ट

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य

भाषाविद् डा. विमलको राजकीय सम्मानका साथ अन्त्येष्टि

जनकपुरधाम – साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

पोखरामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

पोखरा- पोखरामा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपाल ‘प्याक्स सिलिका’मा सहभागी भएको हो कि होइन सरकारले प्रस्ट पारोस् : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री