विश्वभर २४ घण्टामा १९ लाखमा कोरोना संक्रमण | Khabarhub Khabarhub

विश्वभर २४ घण्टामा १९ लाखमा कोरोना संक्रमण


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा १९ लाख १२ हजारभन्दा बढी कोरोना संक्रमित भएका छन्।

थपिनेमा सबैभन्दा बढी अमेरिकामा ३ लाख २८ हजार, स्पेनमा १ लाख १० हजार, फ्रान्समा १ लाख २ हजार र अर्जेन्टिनामा १ लाख २ हजार छन् ।

त्यसैगरी बेलायतमा ८४ हजार, इटलीमा ८३ हजार, ब्राजिलमा ७६ हजार र टर्कीमा ६४ हजारमा संक्रमित भएका छन्।

सोही अवधिमा ४ हजार ९७८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकामा ४२२, रुसमा ६७०, फ्रान्समा २९६, इटलीमा २८७, ब्राजिलमा १६२, टर्कीमा १६२, जर्मनीमा १४३, अर्जेन्टिनामा १९१ र कोलम्बियामा १३४ जना रहेका छन्। योसँगै अहिलेसम्म ५५ लाख ६३ हजारको कोरोनाबाट मृत्यु भइसकेको छ।

हालसम्म ३३ करोड १० लाख ८२ हजारभन्दा धेरै कोरोना संक्रमित भएका छन्। जसमध्ये २६ करोड ८९ लाख ४१ हजार संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ७ : १४ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने