गठबन्धनका शीर्ष नेतासहितको बैठक बालुवाटारमा जारी « Khabarhub

गठबन्धनका शीर्ष नेतासहितको बैठक बालुवाटारमा जारी


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाँच दलीय गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सुरु भएको छ।

बैठकमा शीर्ष नेताहरुसमेत सहभागी भएको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले खबरहबलाई जानकारी दिएका छन्। ‘समितिको बैठक हो। गठबन्धनका शीर्ष नेता पनि सहभागी हुनुहुन्छ’ उनले भने, ‘बैठकमा चुनावबारे छलफल हुँदैछ।’

प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेरअघि सुरु भएको बैठकमा आगामी चुनावबारे छलफल जारी छ। स्थानीय तहको निर्वाचन र राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्को गतिरोध अन्त्यका विषयमा पनि छलफल हुने बताइएको छ ।

यसअघि प्रचण्डसहितका नेताहरूलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गठबन्धनको बैठक बस्न सकेको थिएन । वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने की कात्तिक मंसिरमा एकै पटक तीन तहको निर्वाचन गर्ने भन्नेमा गठबन्धनमा सहमति हुन सकेको छैन ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच यही विषयमा छलफल भएको थियो ।

स्थानीय तह निर्वाचनको मिति तत्काल तोक्न सरकारमाथि चौतर्फी दबाब परेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरे पनि सरकारले ढिलाइ गरिरहेको छ ।

निर्वाचन आयोग, प्रमुख प्रतिपक्षी दल, नागरिक समाज र स्थानीय तहका नेताहरूले निर्वाचनको मिति चाँडो तोक्न खबरदारी गरिरहेका छन् । सम्भवतः आजको बैठकबाट कुनै निर्णय हुनसक्ने नेताहरुको दाबी छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ९ : ४१ बजे

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै